प्रहरी दिवसकै दिन चार लाख घुससहित हवल्दार पक्राउ

नजिक न्युज संवाददाता    

प्रहरी दिवसकै दिन चार लाख घुससहित हवल्दार पक्राउ

बुटवल : अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलले ४ लाख घुससहित इलाका प्रहरी कार्यालय बुटवलमा कार्यरत हवल्दार शिवचन्द्र सहानीलाई पक्राउ गरेको छ। 

हिरासतमा रहेका व्यक्तिलाई धरौटीमा छुटाउन सहयोग गरेवापत उनले घुस लिएको बताइएको छ । देशभर प्रहरी दिवस मनाइरहदा उनलाई शुक्रबार दिउँसो अख्तियारले समाएको हो ।

रुपन्देहीको सियारी–७ स्थित खनाल मिठाई पसलबाट हवल्दार सहानी र उनकी श्रीमती निर्मला केवटलाई अख्तियारले नियन्त्रणमा लिएको अख्तियार बुटवलले जनाएको छ । 

पक्राउ परेकामाथि थप अनुसनधान भइरहेको अख्तियार बुटवलका प्रवक्ता सुरेश भुसालले जानकारी दिए ।  

 



शुक्रबार ३०, असोज २०७७ ०७:५५ मा प्रकाशित

प्रतिकृया दिनुहोस


Copyright © 2019 - najiknews.com.