फ्रान्सलाई क्रोयसियाको चुनौती

नजिक न्युज संवाददाता    

फ्रान्सलाई क्रोयसियाको चुनौती

एजेन्सी । यूईएफए नेसन्स लिगअन्तर्गत उपाधि दाबेदार फ्रान्सले आज (बुधबार) समूह चरणअन्तर्गत लिगको चौथो खेल खेल्दै छ । प्रतियोगितामा यसअघिका दुई खेलमा जित निकाल्दै एक खेलका बराबरी नतिजा ल्याएको फ्रान्सले क्रोयसियासँग प्रतिस्पर्धा गर्न लागेको हो ।

क्रोयसियाको घरेलु मैदानमा हुने दुई टोलीबीचको खेल नेपाली समयअनुसार राति १:३० मा सुरु हुँदै छ । समूह सीअन्तर्गत दुवै टोलीले आजको खेलमा जित निकाल्ने योजना बनाएका छन् ।

फ्रान्स आजको खेलमा जित निकाल्दै समूह चरणको शीर्ष स्थानमा उक्लने योजनामा छ । फ्रान्स यो सिजन उपाधि दाबेदार टोली पनि हो । यसअघिको खेलमा फ्रान्सले क्रोयसियालाई ४-२ गोल अन्तरले पराजित गरेको हो । त्यसैले फ्रान्स आजको खेलमा पनि सहज जितको खोजीमा रहनेछ ।

यता पहिलो खेलमा पराजित भएको क्रोयसिया आज घरेलु मैदानमा फ्रान्सलाई स्तब्ध पार्ने योजनामा छ । लिगमा तीन खेल खेलेको क्रोयसिया ३ अंकसहित तालिकाको तेस्रो स्थानमा छ । समान खेल खेलेको फ्रान्स ७ अंकसहित तालिकाको दोस्रो स्थानमा छ । 



बुधबार २८, असोज २०७७ ०३:३५ मा प्रकाशित

प्रतिकृया दिनुहोस


Copyright © 2019 - najiknews.com.