कोरोना जितेका टेक खडकाले पाए प्रदेश स्वास्थ्य सेवा पुरस्कार

नजिक न्युज संवाददाता    

कोरोना जितेका टेक खडकाले पाए प्रदेश स्वास्थ्य सेवा पुरस्कार

बाजुरा : बडिमालिका नगरपालिका स्वास्थ्य शाखा प्रमुख टेक बहादुर खड्का सम्मानीत भएका छन् । खड्कालाई सुदूरपश्चिम प्रदेश सरकार सामाजिक विकास मन्त्रालयले प्रदेश स्वास्थ्य सेवा पुरस्कारको सम्मान प्राप्त गरेका हुन् । खड्काले स्वास्थ्य सेवामा पुर्याएको योगदान र कोरोना विरुद्धको लडाइमा देखाएको सहासको उच्च कदर सहीत सम्मान गरिएको हो ।

जिल्लाकै उत्कृष्ठ कर्मचारीका रुपमा काम गरेको मूल्याकन सहीत नगद २० हजार सहित सम्मान गरिएको हो । खड्कालाई प्रदेश सरकारका मुख्य मन्त्री त्रिलोचन भट्टले नगद सहित सम्मान गर्नु भएको हो । खड्का जिल्लामै पहिलो स्वास्थ्य कर्मीको सूचीमा कोरोना संक्रमित हुनु भएको हो । लक्षण सहीतको कोरोनासँग जितेका खड्कालाई काम र साहसको मूल्याकन सहीत सम्मान गरिएको छ ।

भारत बाट आउन संख्या बढेसँगै सदरमुकामको सबै जिल्ला लिएको बडिमालिका स्वास्थ्य शाखाका तर्फबाट खड्काले अग्रमोर्चामा खटिएर काम गर्नु भएको थियो । सम्मान पाउँदा कामको मूल्याकन हुने रहेको भन्ने महशुस भएको खड्काले बताएका छन् । मेरो सफलतामा सहयोग गर्ने र सम्मान गर्न योग्य ठान्ने सबैलाई खड्काले खुसी हुँदै धन्यवाद दिएका छन् ।



आइतबार २५, असोज २०७७ ०६:५३ मा प्रकाशित

प्रतिकृया दिनुहोस


Copyright © 2019 - najiknews.com.