म्युजिक भिडियोमा अभिषेक र दिपिकाको प्रेम ( भिडियो )

नजिक न्युज संवाददाता    

म्युजिक भिडियोमा अभिषेक र दिपिकाको प्रेम ( भिडियो )

शैँको कोशेली स्वरूप गायक दाउत राई  र गायिका दिपा लामाको  स्वरमा रहेको 'हृदयको आवाज' बोलको म्युजिक भिडियो डिजिटल बजारमा सार्वजनिक भएको छ।  

माया प्रेमको चर्चा गरिएको यस  गीतमा शब्द अमर बान्तुको रहेको छ भने गीतलाई स्वयम् गायक दाउत राईले  नै संगीतवद्द गरेका हुन्।  गीतमा उदय राज पौडलको संगीत संयोजन रहेको छ।  

No description available.

म्युजिक भिडियोमा अभिषेक श्रेष्ठ र दिपिका लामा ब्लोन बिचको प्रेम र रोमान्स देख्न सकिन्छ। प्रदिप बस्नेतले सम्पादन गरेको यस भिडियोलाई निर्देशक देव जंग थापाको  छायांकन र निर्देशनमा तयार पारिएको हो। भिडियो गायक राईको अफिसिएल च्यानल 'दाउत राई' मार्फत सार्वजनिक गरिएको छ ।  

कोरना कहर विच निकै मेहेनत साथ तयार पारिएको यस भिडियोलाई साथ , सपोर्ट र माया गरिदिन सम्पुर्ण दर्शक स्रोता र मिडिया हाउसलाई  निर्माण टिमले आग्रह गरेका छन्।  



बुधबार २१, असोज २०७७ ११:०६ मा प्रकाशित

प्रतिकृया दिनुहोस


Copyright © 2019 - najiknews.com.