सुरेन्द्र शाही ‘गुलाफ कान्छो’को “परतन्त्र” मुक्तक संग्रह विमोचन

नजिक न्युज संवाददाता    

सुरेन्द्र शाही ‘गुलाफ कान्छो’को “परतन्त्र” मुक्तक संग्रह विमोचन

बाजुरा : सुरेन्द्र शाही ‘गुलाफ कान्छो’को परतन्त्र मुक्तक संग्रह बाजुरामा एक समारोहका बीच  सार्वजनिक भएको छ । बडिमालिका नगरपालिकाको सभाहलमा विमोचन सम्पन्न भएको हो । सुदूर साहित्य प्रतिष्ठान बाजुराका अध्यक्ष हर्क खडायतको अध्यक्षतामा संचालन भएको कार्यक्रममा ‘गुलाफ कान्छो’को मुक्तक संग्रह सार्वजनिकरण गरिएको हो । 

कार्यक्रम संचालन सुदूर साहित्य प्रतिष्ठान बाजुराका सचिव कृष्ण ओलीले गर्नु भएको थियो । सुदूर साहित्य प्रतिष्ठान बाजुराले आयोजना गरेको विमोचन कार्यक्रमको प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी कृष्ण गैह्रे रहनु भएको थियो भने । विशिष्ट अतिथि मालिका नमुना माद्यामिक विद्यालयका प्राचार्य शुभराज पाध्याय रहनु भएको थियो । 

मुक्तक संग्रह एक औपचारिक कार्यक्रमका बीच प्रमुख जिल्ला अधिकारी कृष्ण गैह्रे र मालिका नमुना माद्यामिक जिद्यालयका प्राचार्य शुभराज पाध्यायले संयुक्त रुपमा विमोचन गरेको थियो ।   कार्यक्रमका प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी कृष्ण गैह्रेले मुक्तक गजल साहित्यले समाज परिवर्तनमा अहम् भुमिका खेलेको बताउँदै साहित्यमा अझै अव्बल भएर लाग्न शुभकामना व्यक्त गनुभयो ।   

मुक्तकसंग्रह विमोचन कार्यक्रमामा विशिष्ट अतिथि मालिका नमुना माद्यामिक विद्यालयका प्राचार्य शुभराज पाध्यायले बाजुरा जस्तो विकट जिल्लामा अहिले युवा सर्जकहरु सिर्जनाका कोशेलीहरु लिएर अगाडी आएका देख्दा आफु खुसी भएका बताए । साहित्यमा पछिल्लो समय युवा पुस्तामा प्रशस्तै सम्भावना देखिरहेको र बाजुरामा मात्र नभएर सिंगो जगतमा साहित्यको जर्गेना हुने विश्वस्त भएको बताउनुभयो । अन्य साहित्य जस्तै रचना र संरचना प्रक्रियालाई समय क्रमसंगै अगाडी बढ्दै गए र साहित्य विधामा लाग्दै गए बाजुरामा सबै भन्दा बढी साहित्यकार जन्मिने धारण राख्नु भयो । 

समय अनुकुल र मर्मस्र्मसी शब्दको प्रयोग गरी संग्रह गरिएको भन्दै शाहीलाई धन्यवाद व्यक्त गर्नु भयो । भावि आउने सात्यिकारलाई आफ्नो जन्मेभुमि बाजुरा बाजुराली भाषा रचनामा प्रयोग गर्दा सुनमा सुगन्ध हुने बताए । अब आउने पुस्ताहरुलाई साहित्यकारले समाजमा भएका तमाम विकृति–व्यतिथिविरुद्ध लेख्नु पर्ने बताए ।

गुलाफ कान्छो उपनामबाट नेपाली साहित्यमा कलम चलाउने सुरेनद्र शाही विषेश गरी नेपाली गजल, साहित्य मुक्तक, कविता आदि विधामा स्थापित नाम रहेको छ । बाजुरा जिल्ला जगन्नथा गाउँपालिका–३ मा रहेर नेपाली भाषा साहित्यको सेवा समर्पिात उहाँका ‘कुलिचएको गुलाफ’ ( गजलसंग्रह), ‘पूर्णिमा’ (संयुक्त साइकुसंग्रह) र ‘साइनो सारथी’ (संयुक्त साइकुसंग्रह) गरी तीन ओटा कृतिहरु प्रकाशित भइसकेका छन् । उनको अहिले ‘परतन्त्र’ नामक (मुक्तकसंग्रह) विमोचन भएको छ । शाहीको कृतिगत रुपमा चौथो र मुक्तकका रुपमा पहिलो कृति रहेको छ । 

सुरेनद्र गुलाफ कान्छो साहित्यकमा मात्र नभएर कलाकारिता क्षेत्रमा पनि अव्बल रहेको छन् । उनले गित गाउने र अभिनय समेत गर्ने गर्छन् । सुरेन्द्र शाहीको चौथोे कृतिमा १५५ वटा मुक्तकहरु संग्रीहित छन् । कार्यक्रममा बाजुराका अन्य साहित्यकारको पनि उपस्थिति रहेको थियो । विमोचन कार्यक्रममा साहित्य सश्रष्ठाहरुले आफ्ना सिर्जना समेत प्रस्तुत गरेको थिए ।    

Image may contain: 1 person, text



मङ्गलबार २०, असोज २०७७ ०७:२१ मा प्रकाशित

प्रतिकृया दिनुहोस


Copyright © 2019 - najiknews.com.