कोल्टी बजारमा खानेपानीको हाहाकार, पिलूचौरबाट पानी ल्याउन बाध्य

बाढी पहिरोले क्षति भएको पानीको मुहान मर्मत भएन्, जिपमा पानी ढुवानी

नजिक न्युज संवाददाता    

कोल्टी बजारमा खानेपानीको हाहाकार, पिलूचौरबाट पानी ल्याउन बाध्य

कोल्टी : कोल्टी बजारमा यतिबेल खानेपानीको हाहाकार भएको छ । बजारका स्थानीय र व्यपारीहरु कोल्टीदेखि पिलुचौर र अन्य खानेपानी भएको स्थानबाट पानी ल्याउने गर्दछन् ।  बुढिनन्दा नगरपालिका वडा नं.३ कोलगोठी खोलामा गत महिना बाढी पहिरोले कोल्टी बजार क्षेत्र र गाउँमा आउँने खानेपानीको मुहानमा क्षति पुर्याएपछि पानीको हाहाकार भएको हो ।

आजभोली खानेपानी लिनकै लागि जिपमा रावत बाडा, डुडिखुच्ची, पीपलडाली देखि पितुचौरसम्म पुग्ने गरेको लक्ष्मण जोशीले बताएका छन् । होटेल व्यवसायीहरु जिपमा प्रतिलिटर रु १ का दरले ढुवानी गरेर गा्रहकलाई पानी उपलब्ध गराउँदै आएका छन् ।    

कोल्टी बासी यतिबेला पानी ल्याउन हातमा जरकिन लिएर खानेपानी भएको स्थानमा जाने गरेको देख्न सकिन्छ । कोल्टी बजारदेखि सडकमा बेल्का र विहान खानेपानी लिन जानेको घुइचो देखिन्छ । कोल्टीबाट एक घण्टाको पैदल हिडेर पानी भएको स्थानमा पुग्ने गर्दछन् । हातमा जरकिन बोकेर कुन स्थानमा खानेपानी छ, भनेर कोल्टी क्षेत्र भन्दा अन्य ठाउँ ठाउँमा पुग्ने गरेका छन् ।    

खानेपानी नहुँदा झन् होटल व्यवसायी मारमा परेका छन् । होटेल व्यवसायीहरुले जिपमा प्रतिलिटर रु एकका दरले पैसा तिरेर पानी ढुवानी गरी गा्रहकलाई उपलब्ध गराउँदै आएको कोल्टीका होटेल व्यवसायिकले बताएका छन् । 

कोल्टी बजारमा आउने पानी बाढी पहिरोले मुहान नै भत्किाई क्षति पुर्यादिएको र एक महिना पुगिसक्दा पनि मर्मत हुन नसकेपछि प्रत्यक्ष मारमा कोल्टी बासी परेका हुन । यता बुढिनन्दा नगरपालिकाले भने  खानेपानी मर्मत गर्न वास्ता नगरेको स्थानीयको भनाई छ । खानेपानीको मुहानमा क्षति भएको एक महिना पुगिसक्दा पनि मर्मतका लागि नगरपालिकाले पहल गरेको छैन् स्थानीयले भने । 

खानेपानी व्यवस्थापन र मुहान मर्मतका गरी खानेपानीको सहज बनाउन नगरपालिकाले तत्काल पहल गर्न स्थानीयले आग्रह गरेका छन् ।        
 



मङ्गलबार ०६, असोज २०७७ ०१:५४ मा प्रकाशित

प्रतिकृया दिनुहोस


Copyright © 2019 - najiknews.com.