करेन्ट लागेर वडाध्यक्षको निधन

रासस    

करेन्ट लागेर वडाध्यक्षको निधन

करेन्ट लागेर वडा अध्यक्षको निधन भएको छ। माप्य दूधकोशी गाउँपालिका–५ सोलुखुम्बुका वडाध्यक्ष निमराज तामाङको करेन्ट लागेर मंगलबार निधन भएको हो।

सदरमुकाम सल्लेरीस्थित आफ्नै घरमा निर्माण सामग्री सार्दा हाइटेन्सन लाइनमा छोइएर वडाध्यक्ष तामाङलाई करेन्ट लागेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ।

उनलाई थप उपचारका लागि जिल्ला अस्पताल फाप्लु पु¥याए पनि अस्पतालले मृत घोषणा गरेको हो।



मङ्गलबार ०६, असोज २०७७ १२:०२ मा प्रकाशित

प्रतिकृया दिनुहोस


Copyright © 2019 - najiknews.com.