मोटरसाइकल दुर्घटना हुँदा प्रशासन कञ्चनपुरका प्रशासकीय अधिकृत घाईते

नजिक न्युज संवाददाता    

मोटरसाइकल दुर्घटना हुँदा प्रशासन कञ्चनपुरका प्रशासकीय अधिकृत घाईते

धनगढी : मोटरसाइकल दुर्घटना हुँदा जिल्ला प्रशासन कार्यालय कञ्चनपुरका प्रशासकीय अधिकृत घाईते भएका छन्। ४५ बर्षीय प्रशासकीय अधिकृत खगेन्द्र भारती घाईते भएका हुन्।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रवक्ता तथा प्रहरी नायव उपरिक्षक अमरबहादुर थापाले कञ्चनपुरको कृष्णपुर नगरपालिका वडा नम्वर २ वाणीबाट कार्यालय जाने क्रममा सु.प.प्र. ०२–००३ प २०३९ नम्वरको मोटरसाइकल दुर्घटना हुँदा भारती घाईते भएका हुन्।

‘कुकुरलाई जोगाउने क्रममा दुर्घटना भएको हो,’ उनले भने, ‘दुर्घटना हुँदा घाईते भएका भारतीको खुट्टा भाँचिएको छ। महाकाली अस्पतालमा उपचार भईरहेको छ।’



मङ्गलबार ०६, असोज २०७७ ११:४४ मा प्रकाशित

प्रतिकृया दिनुहोस


Copyright © 2019 - najiknews.com.