सुदूरपश्चिमका ५७५१ जनाले कोरोना जिते

नजिक न्युज संवाददाता    

सुदूरपश्चिमका ५७५१ जनाले  कोरोना जिते

सुदूरपश्चिम प्रदेशमा थप ५ जना कोरोना संक्रमण मुक्त भएका छन्। नियमित प्रेस ब्रिफिङमा प्रदेशको सामाजिक विकास मन्त्रालयका सूचना अधिकारी हेमराज खड्काले सोमवार कैलालीका चार र डोटीका एक जनालाई डिस्चार्ज गरिएको जानकारी दिए। cयस्तै डोटीका नौँ सय २९, अछामका नौँ सय १२ र कञ्चनपुरका सात सय नौँ जना संक्रमित निको भएर घर फर्किएको दावी स्वास्थ्य निर्देशनालयले गरेको छ।

बाजुराका चार सय ४२ जना, बझाङका तीन सय ८८, बैतडीका तीन सय २६, डडेल्धुराका तीन सय १६ र दार्चुलाका ४५ जना संक्रमित पनि डिस्चार्ज भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सुदूरपश्चिममा संक्रमितको संख्या ६ हजार नौँ सय दुई पुगेको छ। उनीहरु मध्ये १५ जनाको मृत्यु भईसकेको छ। 

सबैभन्दा बढि कैलालीमा दुई हजार एक सय १०, डोटीका एक हजार ५०, अछामका नौँ सय ९४, कञ्चनपुरका सात सय ७५, बाजुरका ६ सय ३०, बझाङका पाँच सय १९, बैतडीका तीन सय ८९, डडेल्धुराका तीन सय ४८ र दार्चुलाका ८७ जनामा संक्रमण पुष्टि भएको छ।



मङ्गलबार ०६, असोज २०७७ ११:३७ मा प्रकाशित

प्रतिकृया दिनुहोस


Copyright © 2019 - najiknews.com.