आईपीएल टी–ट्वान्टीः रोयल च्यालेन्जर्स बैंगलोरसँग सनराइजर्स हैदराबाद पराजित

एजेन्सी    

आईपीएल टी–ट्वान्टीः रोयल च्यालेन्जर्स बैंगलोरसँग सनराइजर्स हैदराबाद पराजित

युएईमा जारी इन्डियन प्रिमियर लिग आईपीएल टी–ट्वान्टी क्रिकेटमा रोयल च्यालेन्जर्स बैंगलोरले विजयी सुरुवात गरेको छ ।

सोमबार राति दुबई अन्तराष्ट्रिय क्रिकेट रंगशालामा सम्पन्न खेलमा सनराइजर्स हैदराबादलाई १० रनले पराजित गर्दै बैंगलोरले सुखद सुरुवात गरेको हो ।

बैंगलोरले दिएको १ सय ६४ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको हैदराबाद १९ ओभर ४ बलमा अलआउट हुँदै १ सय ५३ रनमा समेटियो । हैदराबादका लागि जोनी बेयरस्टोले ६१ रनको अर्धशतकीय इनिङ्स खेले पनि टोलीलाई जित दिलाउन सकेनन् । यस्तै मनिस पाण्डेले ३४ तथा प्रियाम गार्गले १२ रन बनाए । कप्तान डेभिड वार्नर ६ रनमा आउट भए ।

हैदराबादका युजभेन्द्र चाहलले ३ विकेट लिए । शिवम डुबे र नाभदिप सैनीले २÷२ विकेट लिए भने डेल स्टेनको नाममा एक विकेट रह्यो ।

यस अघि टस हारेर पहिले ब्याटिङ गरेको बैंगलोरले २० ओभरमा ५ विकेट गुमाएर १ सय ६३ रन बनाएको थियो । बैंगलोरका लागि डेभदत्त पडीक्कल र एबी डी भिलियर्सले अर्धशतकीय इनिङ्स खेले । पडीक्कल ५६, फिन्च २९, रनमा आउट भए । यस्तै डी भिलियर्सले ५१ रनको अर्धशतकीय इनिङ्स खेले ।

कप्तान विराट कोहली १४ रनमा आउट हुँदा शिवम डुबेले ७ रन बनाए । हैदराबादका विजय शंकर, थानगारासु नटराजन र अविशेक शर्माले १÷१ विकेट लिए । जितसँगै बैंगलोरले पहिलो खेलमा २ अंक जोडेको छ ।



मङ्गलबार ०६, असोज २०७७ ०७:२० मा प्रकाशित

प्रतिकृया दिनुहोस


Copyright © 2019 - najiknews.com.