काँग्रेस सभापतिकै वडाका १० परिवार काँग्रेस छोडेर नेकपा प्रवेश

नजिक न्युज संवाददाता    

काँग्रेस सभापतिकै वडाका १० परिवार काँग्रेस छोडेर नेकपा प्रवेश

बाजुरा : बडिमालिका नगरपालिका १ का १० परिवारले नेपाली काँग्रेस छोडेर नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) प्रवेश गरेका छन् । काँग्रेसका गतिविधी र विचारले विपन्न वर्गको मुक्ती नहुने देखेर नै काँग्रेस त्यागेर नेकपा प्रवेश गरेको बताएका छन् ।

नेपाली काँग्रेस बाजुराका सभापति कविराज पण्डितकै वडाका सक्रिय कार्यकर्ता सहीत १० परिवारले एकसाथ काँग्रेस छोडेका हुन् । काँग्रेस छोडेर नेकपा प्रवेश गर्नेमा पदम कार्की, धनबहादुर कार्की, गमी कार्की, गणेश खड्का, वीरबहादुर कार्की, दीलबहादुर कार्की झलक कार्की, कृष्ण विक र रमेश विकको परिवार रहेका छन् । सिंगो परिवारलाई नेकपा बाजुराले स्वागत गरेको छ ।

नेकपा बाजुरा कार्यालय सदस्य गगन रावल, सचिवालय सदस्य अमर खड्का, मनबहादुर विक लगायतका नेताहरुले अविर लगाएर पार्टी प्रवेश गराएको अनेरास्ववियुका विद्यार्थी नेता शेबहादुर रावलले बताएका छन् । नेकपा बडिमालिका नगरपालिका १ नम्बर वडा कमिटीले आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा औपचारिक प्रवेश गराएको हो ।

राष्ट्रिय राजनीतिमा काँग्रेसको ऐजेण्डा असफल भइसकेको र स्थानीय तहमा पनि विभेद र परिवार वादी चिन्तन हाबी भएकोले नेकपा प्रवेश गरेको नवप्रवेशीले बताएका छन् । काँग्रेसको बलियो मानिएको क्षेत्र र पार्टी सभापति कविराज पण्डितकै गहृ वडामा मुक्तीको लहर र कम्यूनिष्ट प्रतिको आस्था बोक्नेहरु थपिदै जानुले जनतामा सकारात्मक सन्देश प्रवाह भएको कार्यक्रमका प्रमुख अतिथि समेत रहेका नेकपा नेता गगन रावलले बताएका छन् ।

वर्षदेखि दबाब र प्रभावमा काँग्रेस हुन बाध्य जनता वर्तमान सरकारको काम र भविष्य देखेर नेकपा प्रवेश गर्न तयार भएका नेकपा नेता अमर खड्काले बताएका छन् । खड्काले पार्टीले नवप्रवेशीलाई समान व्यवाहार र न्याय अनुभूत हुने गरि काम गर्ने बताएका छन् ।

वडा कमिटी अध्यक्ष महेन्द्र दानीको अध्यक्षतामा सञ्चालन भएको कार्यक्रममा नेकपा नेताहरु गगन रावल, अमर खड्का, मानबहादुर विक, सुरेश विक, लालबहादुर कार्की, नगर कमिटी संयोजक वीरबहादुर रावल, युवा संघका संयोजक सन्तोष विक, नगर कमिटी सदस्य मानबहादुर कार्की, दीलबहादुर विक, गिरी चदारा विद्यार्थी नेता शेरबहादुर रावल, लक्ष्मण रोकाया सहीत सहभागि थिए ।

वडा कमिटी सचिव कर्ण विकले कार्यक्रममा स्वागत मन्तव्य राखेका हुन् । सोही अवसरमा वडा सचिवालय कमिटी गठन गरिएको छ । त्यस्तै नेकपाको टोल कमिटी, राष्ट्रिय युवा संघ, अखिल नेपाल महिला संघ, दलित संघ, किसान संगठन र सल्लाहकार समिति पनि गठन गरिएको छ ।



सोमबार ०५, असोज २०७७ ०८:३६ मा प्रकाशित

प्रतिकृया दिनुहोस


Copyright © 2019 - najiknews.com.