बाजुराका ५ जनाले राष्ट्रपतिबाट प्रदान गरिने विभुषण सम्मान पाउने

नजिक न्युज संवाददाता    

बाजुराका ५ जनाले राष्ट्रपतिबाट प्रदान गरिने विभुषण सम्मान पाउने

बाजुरा : जिल्लाका पाँच जनाले राष्ट्रपतिबाट प्रदान गरिने विभुषण सम्मान पाउने भएका छन् । संविधान दिवसको दिन विभुषण पाउनेको सार्वजनिक गरिएको सूचीमा बाजुराका पाँच जना अटाएका छन् । सिफारिस भएका ४ सय ९४ जनामा बाजुराबाट पाँच जनाको नाम अटाएको छ । 

एकै वर्ष पाँच जनाको नाम विभुषण पाउनेमा परेको बाजुराका लागि पहिलो पटक हो । विभुषण पाउनेमा नेकपाका नेता, लेखक तथा बिश्लेषक दयालबहादुर शाही, बुढीनन्दा नगरपालिकाका उपप्रमुख सृष्टी रेग्मी, जिल्ला अस्पताल बाजुराका डाक्टर रुपचन्द्र विश्वकर्मा, उपप्रबन्धक बाल कुमार सिंह र हुलाक कार्यालय बाजुराका कार्यालय प्रमुख जंगवीर सुनार रहेका छन् । 

विभुषण पाउनेमा शाहीले सुप्रवल जनसेवा श्री तृतीय, डा.रुपचन्द्र विश्वकर्माले प्रवल जनसेवा चतुर्थ बाल कुमार सिंहले प्रवल जनसेवा चतुर्थ, सृष्टी रेग्मीले प्रवल जनसेवा चतुर्थर जङ्गबिर सुनारले जनसेवा श्री पञ्चम पाउने भएका छन् । 

मन्त्रिपरिषद् बैठकले संविधान दिवस (असोज ३) का अवसरमा प्रदान गरिने मानपदवी, अलङ्कार र पदकको टुङ्गो लगाएसंगै बाजुराबाट पाँच जना सम्मानीतका लागि सिफारिस भएका हुन् ।

मन्त्रिपरिषद् बैठकले राष्ट्रको गौरव बढाउन, उन्नति र कीर्तिमानी राख्न विभिन्न क्षेत्रबाट महत्वपूणर् योगदान पु¥याउने महानुभावलाई प्रदान गरिने मानपदवीको टुङ्गो लगाएको हो । गृह मन्त्रालयले नियमावलीमा व्यवस्था भए अनुसार एक सय जनालाई मानपदवी, ५० जनालाई अलङ्कार र ५० जनालाई पदक सिफारिस गरेको जनाइएको छ । राष्ट्रको गौरव बढाउन, उन्नति र कीर्तिमानी राख्न विभिन्न क्षेत्रबाट महत्वपूर्ण योगदान पुर्याउने व्यक्ति व्यत्तित्वहरुलाई सरकारले संविधान दिवसको अवसरमा सम्मान प्रदान गर्दै आएको छ ।

सोही अनुसार शनिबार सरकारले सार्वजनिक गरेको सूचीअनुसार ५९४ जनामध्ये ४५३ जनालाई मानपदवी, ११४ जनालाई अलंकार र २७ जनालाई पदकबाट सम्मान गगर्न लागेको हो ।

सुप्रसिद्ध प्रवल जनसेवा श्री (प्रथम) बाट आँखाका वरिष्ठ डा. सन्दुक रुइतलाई सम्मान गरिने भएको छ भने यो वर्ष नेपाल रत्न कसैलाई पनि नदिइएको सरकारले जानकारी दिएको छ ।

यस्तै यो वर्ष १४ जना पत्रकार र दुई जना सञ्चारकर्मीलाई समेत सरकारले सम्मान गर्न लागेको छ । सम्मानको सूचीमा कोरोना संक्रमण नियन्त्रणका लागि प्रतिकार्यका खटिनेहरुलाई पनि उल्लेख्य रुपमा समेटेको सरकारले बताएको छ ।

पदक पाउनेलाई सामाजिक सञ्जालबाट बधाई दिएका छन् । सुप्रवल जनसेवा श्री तृतीय पाएका दयालबहादुर शाहीले कल्पना नै नगरेको विभूषण प्रदान गर्नु भएकोमा महामहिम राष्ट्रपति ज्यूप्रति कृतज्ञता प्रकट गर्दछु भनेर सामाजिक सञ्जाल मार्फत प्रतिक्रिया दिएका छन् । 



शनिबार ०३, असोज २०७७ ०४:४२ मा प्रकाशित

प्रतिकृया दिनुहोस


Copyright © 2019 - najiknews.com.