बाजुराका ३ जना कैदी संविधान दिवसको अवसरमा जेलमुक्त

नजिक न्युज संवाददाता    

बाजुराका ३ जना कैदी संविधान दिवसको अवसरमा जेलमुक्त

बाजुरा : संविधान दिवसको अवसरमा बाजुराका ३ जना कैदीको कैद मिनाह भएको छ । कर्तव्य ज्यान मुद्दाका दुई जना र ज्यान मार्ने उद्योगका एक जना गरी ३ जना कैदीको कैद मिनाह भएको हो ।  

त्यस्तै बाजुरा लगायत सुदूरपश्चिमका १४ जना कैदीको कैद मिनाह भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान दिवसको अवसर पारेर संविधानको धारा २७६ र मुलुकी फौजदारी कार्यविधी संहिता २०७४ को दफा दफा १५९ बमोजिम मन्त्रीपरिषद्को सिफारिसमा विभिन्न मुद्दामा जेल सजाय भोगिरहेका सुदूरपश्चिमका १४ जनाको कैद र जरिवाना समेत माफी पाएका हुन् ।  

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका निमित्त प्रमुख प्रहरी वरिष्ठ उपरिक्षक मुकेशकुमार सिहका अनुसार डडेल्धुराका पाँच जना, कैलालीका तीन जना, बझाङ, दार्चुला र कञ्चनपुरका एक–एक जनाको कैद माफी भएको बताएका छन् । 

कैलालीका कर्तव्य ज्यान मुद्दाका एक जना र सवारी ज्यान मुद्दा दुई जना, बझाङमा कर्तव्य ज्यान मुद्दाका एकजना, दार्चुलामा पनि कर्तव्य ज्यान मुद्दाका एक जना र कञ्चपुरमा समेत कर्तव्य ज्यान मुद्दाकै एक जना रहेको वरिष्ठ प्रहरी नायब उपरिक्षक सिहले बताए । कैद माफी भएका उनीहरु सबै जना आजै जेलमुक्त हुने प्रहरीले जनाएको छ । 



शनिबार ०३, असोज २०७७ १२:०४ मा प्रकाशित

प्रतिकृया दिनुहोस


Copyright © 2019 - najiknews.com.