बाजुरामा फेरी बाढी पहिरोको वितण्डा: दश घर सहित तीन काठेपुल बगायो

नजिक न्युज संवाददाता    

बाजुरामा फेरी बाढी पहिरोको वितण्डा: दश घर सहित तीन काठेपुल बगायो

बाजुरा : बाजुरामा बाढी पहिरोले घर छाना र काठेपुल बगाएको छ । गएराती आएको अबिरल वर्षाले जिल्लाको हिमाली गाउँपालिकामा लाखौंको क्षति भएको हो । हिमाली गाउँपालिका–५ सुप–खोलामा आएको बाढीले १० घर, पाँच वटा छाना, ४  साधा पानी घट्न र ३ आधुनिक घट्ट बगाएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । 

सुप–खोलामा आएको बाढीले ३ काठे पुल समेत बगाएको छ । काठेपुल बगाएपछि आवत–जावतमा समस्या भएको छ । गएराती आएको अविरल वर्षासंगै उक्त खोलामा आएको बाढीले पाक्न लागेको धान बाली, कोदो र अन्य बाली समेत बगाएर नष्ट गरिएको बताईएको छ । धान बाली लगाएको जमिन बगरमा पणिरत गरेको छ । 

बाढीले मानविय क्षति भने नभएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । बाढी आए लगत्तै गएराती तीन जना सम्पर्क विहीन भएका थिए । विहीबार रातीदेखि सम्पर्क विहीन भएका उक्त तीन जना अहिले सम्पर्कमा आईसकेको जानकारी प्राप्त भएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक लोकेन्द्र सिंह ठगुन्नाले जानकारी दिएका छन् । 

हिमाली गाउँपालिका वडा नं.५ मा आएको बाढीले पुल, घट्ट, पाक्न लागेको बाली र काठेपुल बगाएपछि त्यहाँका स्थानीयलाई समस्या भएको छ । आवत–जावत गर्ने काठेपुल नै बगाएपछि स्थानीयलाई वारपार गर्न समेत कठिन भएको छ । 

बाढीले पाक्नै लागेको धान बाली बगाएपछि स्थानीय चिन्तित बनेको छन् । घर खानेकुरा, जमिन सबै बगाईदिएपछि अब कसरी बाच्ने भन्ने चिन्तामा स्थानीय छन् । “ज्यान–त्यान गरी ज्यान त बच्यो तर खाने न अन्न रह्यो नत बस्ने घर नै” पाक्नै लागेको धान पनि बगायो अब कसरी पेट पाल्ने भन्ने चिन्ताले पोलेको छ ।    । यो वर्ष बाजुरामा बाढीले ठुलो धनजनको क्षति गरेको छ ।     



शुक्रबार ०२, असोज २०७७ ०६:०७ मा प्रकाशित

प्रतिकृया दिनुहोस


Copyright © 2019 - najiknews.com.