माैसम-कस्तो रहला आज दिनभरको मौसम?

नजिक न्युज संवाददाता    

माैसम-कस्तो रहला आज दिनभरको मौसम?

काठमाडौँ : देशभर सोमबारको मौसममा सामान्यतया बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। केही स्थानहरूमा मेघगर्जन र चट्याङ्सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन्।

प्रदेश १, प्रदेश २, बाग्मती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५ र सुदूरपश्चिम प्रदेशका एक वा दुई स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको पनि महाशाखाले जनाएको छ। सोमबार राति पनि देशभरको मौसममा सामान्यतया बदली रही केही स्थानहरूमा मेघगर्जन र चट्याङ्सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

ाति प्रदेश १, बाग्मती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५ का एक वा दुई स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जारी गरेको सूचनामा उल्लेख छ । अहिले बिहान देशभर सामान्य बदली रही प्रदेश १, प्रदेश २, गण्डकी प्रदेश र प्रदेश ५ का केही स्थानहरु र अन्य प्रदेशका थोरै स्थानमा वर्षा भएको छ महाशाखाले जनाएको छ। हाल मनसुनको न्युन चापीय रेखा नेपाल भन्दा दक्षिण तर्फ अवस्थित छ।



सोमबार २९, भदौ २०७७ ०७:५४ मा प्रकाशित

प्रतिकृया दिनुहोस


Copyright © 2019 - najiknews.com.