पत्रकार गगन अयडीले गरे देउडा गीतमा अभिनय (भिडियो सहित)

नजिक न्युज संवाददाता    

पत्रकार गगन अयडीले गरे देउडा गीतमा अभिनय (भिडियो सहित)

बाजुरा : पत्रकार गगन अयडीले देउडा गीतको म्यूजिक भिडियोमा अभिनय गरेका छन् । औंठी चिनो नामक देउडा ठाडी भाका गीतमा अयडीले अभियन गरेका हुन् । पत्रकारिता पेशामा व्यस्त अयडीले गायक तथा संगीतकार लालबहादुर थापाको औंठी चिनो नामक गीतको भिडियोमा अभिनय गरेका छन् ।

औंठी चिनो दिएर गाँसिएको सम्बन्धलाई बीचमा मन बदलिएर अर्कैसँग विहे गर्न पुगेकी प्रेमीकाको वियोगमा तड्पीएको कथा वस्तुलाई समेटिएको गीतमा अयडी प्रमुख पात्रको भूमिकामा छन् । अयडीलाई नव मोडेल मनिसा सुनारले अभिनयमा साथ दिएकी छन् ।

धनगढी बजार आसपास क्षेत्रमा छायांकन गरिएको भिडियोमा बाध्यता र परिस्थिति भन्दा पनि स्वार्थ र अवसरवादी प्रेम आकर्षणकै कारण धोका खानु परेको विषयलाई देखाउन खोजिएको छ । गीतमा शब्द, संगीत, लय र स्वर लालबहादुर थापाको रहेको छ ।

देउडा गायनमा अग्लो कद बनाए थापाको औठी चिनो नामक देउडा गीतको भिडियो आफ्नै अफिसियल युटुब च्यानल मार्फत सार्वजनिक गरेका हुन् । गीत पनि थापाकै बडीमालिका डिजिटल रेकर्डिङ्ग स्टुडियोमा रेकर्ड गरिएको हो ।

भिम विष्टले निर्देशन गरेको गीतको छायांकन प्रकाश नागरिले गरेका हुन् । पत्रकार महासंघ प्रदेश कमिटी सदस्य समेत रहेका अयडीले अभियन रहरको विषय थियो, पुरा गर्ने मौका मिलेको प्रतिक्रिया दिएका छन् । नयाँपत्रिकासँग आवद्ध अयडीले गीतलाई सकेजति अभिनयबाट न्याय दिन खोजेका छन् ।

भिडियो



आइतबार २८, भदौ २०७७ ०९:४० मा प्रकाशित

प्रतिकृया दिनुहोस


Copyright © 2019 - najiknews.com.