छेडेदह तालमा म्यूजिक भिडियो छायांकन

नजिक न्युज संवाददाता    

छेडेदह तालमा म्यूजिक भिडियो छायांकन

बाजुरा : सुन्दर तालको पहिचानले परिचित छेडेदह तालमा म्यूजिक भिडियो छायांकन गरिएको छ । छेडेदह ताल नामक देउडा गीतको म्यूजिक भिडियो ताल कै परिसरमा छायाकंन गरिएको गीतका निर्माता राजेश सुनारले बताएका छन् । 

No description available.छेडेदह तालको वर्णन र प्रेम भावलाई कथा बस्नु बनाईएको र स्थानीय धार्मिक तथा पर्यटकीय गन्तव्यलाई समेटिएको गीतको भिडियो छायाकंन तालसहीत साविक आटीचौर क्षेत्रका सुन्दर फाँटमा गरिएको गायक जनक चदाराले बताएका छन् ।

जिल्लाकै सुन्दर र समथर स्थानका रुपमा परिचित र छेडेदह तालको निकटमा रहेका प्राकृतिक क्षेत्रको प्रवद्र्धन र गीतको न्यायका लागि स्थान छनोट उपयुक्त देखिएको निर्देशक धनराज बिसीले बताएका छन् । गीतको भिडियो शब्द, संगीत सँगै छायांकन गरिएको दृश्यले पनि आकर्षक बनेको विश्वास विसीको छ ।

राजेश सुनारको शब्द रहेको गीतमा चर्चित गायीक रेखा जोशी र जनक चदाराको स्वर रहेको छ । देउडा लयमा रचिएको गीतमा देउडा सहीत नृत्य समेत समेटिएको छ । गीतको कोरीयोग्राफी निर्देशक तथा मोडल राजेश पायलले गरेका हुन् ।

मोडल मिना रोकाया, सागर सरगम र ज्याती सुनारको मुख्य अभिनय रहेको गीतमा स्थानीय कलाकारको समेत प्रस्तुती देख्न पाईने भएको छ । स्थानीय परिवेश, कथा बस्तु र मौलिकता बोकेको गीतले छेडेदह तालको पहिचान र प्रवद्र्धनमा सहयोग पुग्ने खप्तड छेडेदह गाउँपालिका ७ का वडा अध्यक्ष खगेन्द्र रावतले बताएका छन् । 

No description available.तालकै आँगनमा सुटिग गरिएको देउडामा वडा अध्यक्ष सहीत जनप्रतिनिधी, दलका नेताहरु, स्थानीय सबैको सहभागिता रहेको थियो । पछिल्लो समय खप्तड राराको मुल मार्ग र धार्मीक गन्तव्य बडालेकसँगै जोडिएको छेडेदह तालको प्रचार तथा प्रसार हुनेक्रम बढेको छ ।  



शनिबार २७, भदौ २०७७ ०६:२४ मा प्रकाशित

प्रतिकृया दिनुहोस


Copyright © 2019 - najiknews.com.