बाजुरामा एक जना सरकारी कर्मचारीमा कोरोना संक्रमण,२५५ जनाको रिपोर्ट नेगेटिभ

नजिक न्युज संवाददाता    

बाजुरामा एक जना सरकारी कर्मचारीमा कोरोना संक्रमण,२५५ जनाको रिपोर्ट नेगेटिभ

बाजुरा : बाजुरामा एक जना सरकारी कर्मचारीमा कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ ।

जिल्ला सदरमुकाम मार्तडीमा रहेको एक सरकारी कार्यालयमा कार्यरत कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय बाजुराका बरिष्ठ जनस्वास्थ्य  अधिकृत दयाकृष्ण पन्तले बताएका छन् ।

प्रदेश जनस्वास्थ्य प्रयोगशाला धनगढीमा भएको परीक्षणमा बाजुराका एक कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको र अन्य २ सय ५५ जनाको कोरोना रिपोर्ट नेगेटिभ आएको उनले बताए ।   

बाजुरा जिल्लामा पछिल्लो पटक २१ गते आईतबार बडीमालिका गरपालिका अन्र्तगत २ सय ५६ जनाको कोरोना भाइरस (कोभिड १९) को लागि  स्वाब संकलन गरी धनगढी प्रयोगशालामा पठाईएको थियो । 

जिल्ला स्वास्थ्य कार्यालय बाजुराका बरिष्ठ जनस्वास्थ्य अधिकृत दयाकृष्ण पन्तका अनुसार २ सय ५६ जना मध्ये  १ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको र २ सय ५५ जनाको कोरोना रिपोर्ट नेगेटिभ देखिएको बताए । 

प्रदेश जनस्वास्थय प्रयोगशालमा धनगढीमाबाट एक जना ३१ वर्षीया पुरुषमा कोरोना पुष्टि भएको र हाल कोरोना पुष्टि भएका व्यक्ति धनगढीमै भएकाले धनगढीमै आइसोलेसनमा बस्ने ब्यवस्था मिलाउन सम्विन्धित कार्यालयका प्रमुखलाई जनाकारी गराएको जिल्ला स्वास्थ्य कार्यालय बाजुराका बरिष्ठ जनस्वस्थ्य अधिकृत पन्तले बताएका छन् ।  

उनका अनुसार कोरोना संक्रमण पुष्टि भएका ३१ वर्षीया पुरुषसंग सम्पर्कमा रहेका व्यक्तिहरुको पनि कोरोना परीक्षण गरिने बताए । 

No description available.
      
               



बुधबार २४, भदौ २०७७ ०५:४६ मा प्रकाशित

प्रतिकृया दिनुहोस


Copyright © 2019 - najiknews.com.