कोरोना कहर: स्वास्थ्यकर्मीको पीडा र भोगाई !

नजिक न्युज संवाददाता    

कोरोना कहर: स्वास्थ्यकर्मीको पीडा र भोगाई !

विश्व महामारीको रूपमा फैलिएको कोरोना भाईरस (कोभिड १९) का कारण यतिबेला विश्व नै राेहिरहेकाे छ । विश्वका ठुला–ठुला राष्ट्रहरू कोरोनादेखि डराई रहेका छन्, कोरोना पोजिटिभको संख्या पनि लाखौं पुगि सकेको छ। मर्नेहरुको संख्या पनि दिन प्रतिदिन बढिरहेको छ । 

विश्वभर काेराेनाले लाखौंको संख्यामा ज्यान गुमाइ सकेका छन । हाम्रो नेपालमा पनि दिन प्रतिदिन मृत्यु हुनेका संख्या वृद्धी भईरहेको छ । कोरोनाका बिरामीहरूको स्याहार-सुसारमा खटिरहेका हामी स्वास्थ्यकर्मीको पीडा पनि उस्तै छ ! 

रात दिनहामि स्वास्थ्यकर्मी जो कोरोनापोजेटिभ को उपचारमा खट्यौ कयौं ले गालि गरेकोरोना वालि भने ,हिड्ने बाटोमानि थुथु गरे होटलमा खाजा खान दियन,कयौले हाम्रो समयमा चेकजाँच भयन भनेर गालि गलौज गरे यस्ता घटना ताजै छन् ।

 कोरोना पोजेटिभ दाजु भाईको स्याहार गर्दा कति खेर आफु पोजेटिभ हुन्छु भन्ने डर एका तिर ,कोरोना लागे त बाचियला तर तर समाजले गर्ने दुरदुर छिछि बाट कसरी बाचियला भन्ने चिन्ता  थीयो । रातदिन नभनि कोरोना पोजेटिभ स्याहारसुसार खटियकि स्वास्थ्यकर्मी मध्ये एक मपनि हो, मैले क्वारेन्टाइनमा ३९९ जनालाई स्वास्थ्य चेकजाँच गरेर उपचार गराएकि थिए । ती मध्ये ४५ जना कोरोना पोजेटिभको पनि उपचारमा खटिएकि  हु ।

कोरोना उपचारमा खटिएको बेला हाम्रो अबस्था कस्तो भयो होला ? हामी स्वास्थ्यकर्मीका परिवारजनले कस्तो तनाव झेले होलान ? के यसको अनुमान गरेका छौ ? बन्द कोठा भित्र बसेर सामाजिक सन्जाल मार्फत अति दिन जति सजिलो छ ,त्यो भन्दा कयौं गुना कठीन अबस्थामा स्वास्थ्यकर्मीहरू छौ । स्वास्थ्यकर्मी ,सुरक्षाकर्मी कोरोना पोजेटिभको सुरक्षा गर्दागर्दै पोजेटिभ भएका घटना छन । त्यसको के तपाईहरुले अनुमान पनि गर्ने सक्नुहुनन् । कयौं मान्छेले फेसबुकको भितामा स्वास्थ्यकर्मीले केही काम गरेन् भनेर लेखेको देख्दा दु:ख लागेर आउछ । जो कि रातदिन  भोक निन्द्रा नभनि बिरामीको लागि खटिरहेका हुन्छौं । 

गोलोबसर  माक्स लगायर कोरोना पोजेटिभलाई सलाईन ,सुइ लगायर उहाँको जीवन बचायौ  रहर होईन् कर्तव्य ठानेका छु । पिपीई नलगायर कोरोना पोजेटिभको स्याहार–सुसार गरेका छौ, हामी स्वास्थ्यकर्मी सबैले भन्ने गर्थें तपाईं यस्तो जेठ बैशाखको प्रचण्ड घाँममा नहिड्नु होस आफ्नो ख्याल गर्नु होस्  भन्नू हुन्थ्यो ,तर पनि क्वारेन्टाइन आसोलेसन कक्ष निकै टाढा छन् । त्यहा म जाँदा केहि त राहत मिल्छकि भनेर बिहानदेखि साँझसम्म बिरामीको स्याहार–सुसारमा लागे , कयौं दिन भोकै बसे हुला कयौं  मनमा पिर थिए होलान् । तर बिरामीको अगाडि भने सधैं मुस्कान सहितको सेवामा लागे ।

क्वारेन्टाइन आईसोलेसनमा बसेकालाई गाउँ समाजले हेर्ने दृष्टि कोण नै फरक थियो छिछि दुरदुर गर्थे  तर मैले त उहाँहरूलाई सधैं साथ दिनु पर्छ मैले तपाइलार्ई हौसला नदिए कस्ले दिने भनेर सधै साथमा हुन्थे ।

मलाई थाहा छ कुनै न कुनै दिन म कोरोना पोजेटिभको सिकार बन्ने छु । कयौंले भने जागिर छोड् भनेर तर,मेरो बुवाले भन्नू भयो यस्तो बेला जसरि नि तिम्ले बिरामीको स्याहार–सुसारमा लाग्नु पर्छ भन्नू भयो अनि हौसला बढ्दै गयो । तर मैले कुनै दिन पनि जागिर छोड्ने मनसाय राखिन, म पछि हटे भने कसले सेवा गर्नेछ, मेरो देशमा लासको हिमाल बन्न समय नलाग्न सक्छ त्यो म हेर्न  सक्दिन त्यो लास थुप्रोमा मेरो तपाईंको कसैन कसैको प्रणा जोगियको हुन्छ । 

यहि सोचले म कुनै दिनपनि क्वारेन्टाइन आइसोलेसन जान छाडिन् गाउँलेले छिछि गर्दै थिए तर पनि कोरोना पोजेटिभको स्याहार–सुसारमा सधैं जुटे,कोरोना पोजेटिभ महिलाको गर्भपतन भएर रगत अत्यधिक मात्रामा भएको थियोे पीभि गरे बिना पिपिई सेटमा सलाइन लगायर जिल्ला पठाय,त्यस्तै  बच्चालाई अत्याधिक ज्वरो आयको थिए बिना पिपिई सेटमा उसलाई पनि सुई लगाई  झाडापखालाका बिरामीलाई नि बिना पिपीइ सेटमा तर कोरोना ३–४ चोटि चेजाँच गर्दानि नेगेटिभ आयो । 

गाउँ समाजले कोरोना वालि भनेर घृणा  गरे, घरपरिवारलाई पनि समाजले तेरो छोरिले गर्दा हामी पोजेटिभ हुन्छौं भनेर डर देखाई रहे,वाह समाजको दायित्व । यदि भोलि तपाईं वा तपाईंको आफन्तलाई कोरोना लाग्ला अनि कहाँ जानू हुन्छ आफ्ना परिवारलाई कहाँ गएर लुकाउनु हुन्छ ? 

थाहा छ दिनप्रति दिन स्वास्थ्यकर्मीलाई नराम्रो व्यबहारका घट्ना गरेका छौ घरबाट निकाला गाउँबाट निकाला टोलबाट निकाला, सकिन्छ यस्तो बेला हौसला दिनुहोस्, तपाईं बिरामी पर्दा कहाँ जानू हुन्छ, बिरामी त हामी पनि पदछौ मृत्युलार्ई हत्केलामा राखि कोरोनाबाट बाचियला तपाईंको दुर्ववहारबाट हामीलाई कस्ले बचाउने ?

थाहा छ पिपिई लगाई सकेपछि खोलिरहन मिल्दैन प्याड फेर्ने मिल्दैन पिसाब च्यापेरपेट फुट्ला जस्तो हुन्छ ,यस्तो अबस्थामा पनि बिरामि छाडेर पिपिई फुकालेर बाथरूममा जादैनाँै जो कोरोनाको स्वाब सँकलन गर्दा ।
जिन्दगीको भरोसा छैन कुन बेला के हुन्छ, यसलाई स्वीर्कानु बिश्वास आत्म बल भन्दा बलियो अरू कुनै चिज छैन्, सबैले कामना गराैँ हामी विश्वास गरेका स्वास्थ्यकर्मीको आत्मबल कहिल्यै नटुटाउँ तब मात्र  हामी सुरक्षित हुने छौँ जय स्वास्थ्यकर्मी ।। 
लेखकः आशा कुमारी थापा, आधारभुत स्वास्थ्य सेवा केन्द्र ताप्रा बाजुरामा कार्यरत स्वास्थ्यकर्मी हुन । 


 



शनिबार २०, भदौ २०७७ ०९:०४ मा प्रकाशित

प्रतिकृया दिनुहोस


Copyright © 2019 - najiknews.com.