बाजुरामा बाढीको वितण्डाः वडाअध्यक्ष महतकी आमा बेपत्ता

नजिक न्युज संवाददाता    

बाजुरामा बाढीको वितण्डाः वडाअध्यक्ष महतकी आमा बेपत्ता

बाजुरा : बडिमालिका नगरपालिका २ का वडा अध्यक्ष डम्मर महतकी आमा बेपत्ता भएकी छन । बुढीगंगा नदिमा सोमबार बिहान ३ बजेतिर आएको बाढीले घर बगाउँदा ६५ बर्षिया अइसेनी महत बेपत्ता भएको वडाअध्यक्ष महतले जानकारी दिएका छन् ।

राती सुतीरहेको बेला एकाएक बुढीगंगा नदीमा बाढी आएको थियो । रातभरीको अत्याधिक वर्षापछि नदीमा आएको बाढीले बेपत्ता बनाएको बुझीएको छ । प्रहरी, छिमेकीहरुले खोजी कार्य जारी राखेपछि नदीमा पानीको बहाब अत्याधिक रहेकोले समस्या देखिएको छ । 

बाढीले नदीको तटिय क्षेत्र आपपासको बस्तीमा क्षति पुर्याएको छ । भने दर्जनौ बस्ती सार्नु पर्ने अवस्था आइपुगेको छ । बडिमालिका नगरपालिका २ घागरको बस्तीनै बगाएकोले स्थानीय खुला आकाशको साहरामा बस्न बाध्य भएका छन् । 

एकीक विवरण नआएपनि बस्ति नै बगाँउदा घागर बासी अधिकांश परिवारका गाइ गोरु र घरमा रहेको सम्पुर्ण सामान समेत बाढीले बगाएर क्षती पुर्याएको छ । घटना स्थल पुग्न समस्या भएकोले वास्तविक वितरण समेत आउन नसकेको प्रहरीले बताएको छ । 
 



सोमबार २६, साउन २०७७ ०९:०७ मा प्रकाशित

प्रतिकृया दिनुहोस


Copyright © 2019 - najiknews.com.