विश्वभर २ लाख ९२ हजारभन्दा धेरैमा कोरोना संक्रमण

नजिक न्युज संवाददाता    

विश्वभर २ लाख ९२ हजारभन्दा धेरैमा कोरोना संक्रमण

काठमाडौं : विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले भनेको छ, शुक्रबार एकैदिन विश्वभर २ लाख ९२ हजार ५ सय २७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संगठनका अनुसार एकैदिन यति धेरै संक्रमित फेला परेको यो पहिलो पटक हो ।

यसअघि २४ जुलाईमा २ लाख ८४ हजार १ सय ९६ जनामा संक्रमण पुष्टि भएको थियो ।  शुक्रबार सबैभन्दा धेरै संक्रमित फेला परेका देशहरुमा ब्राजिल, अमेरिका, भारत, दक्षिण अफ्रिका र कोलम्बिया छन् ।

ब्राजिलमा ६९ हजार ७४, अमेरिकामा ६५ हजार ४ सय ६, भारतमा ५५ हजार ७८, दक्षिण अफ्रिकामा ११ हजार ४६ र कोलम्बियामा ८ हजार ६ सय ७० जनामा कोरोना संक्रमण पुष्टि भएको डब्ल्यूएचओले जनाएको छ ।

डब्ल्यूएचओका अनुसार शुक्रबार एकैदिन विश्वभर ६ हजार ८ सय १२ जनाले कोरोना संक्रमणबाट ज्यान गुमाएका छन् । यसैबीच डब्ल्यूएचओका प्रमुखले कोरोना महामारीको असर विश्वले दशकौंसम्म महसुस गरिरहने बताएका छन् ।



शनिबार १७, साउन २०७७ ०७:४१ मा प्रकाशित

प्रतिकृया दिनुहोस


Copyright © 2019 - najiknews.com.