वीरे झरनाको आँगनमै स्रष्टाले गरे सिर्जना वाचन

नजिक न्युज संवाददाता    

वीरे झरनाको आँगनमै स्रष्टाले गरे सिर्जना वाचन

बाजुरा : जिल्लाको प्रमुख घुम्ने गन्तव्यका रुपमा चिनिएको वीरे झरनाको आँगन मै सिर्जना वाचन गरिएको छ । झरनाको शितलता र इन्देणीसँगै साँटीएका जिल्लाका दुइ दर्जन साहित्यीक स्रष्टाहरुले सिर्जना वाचन गरेका हुन् ।

सुदूर सहित्य प्रतिष्ठान बाजुराले वीरे झरनाको प्रचार र प्रवद्र्धनका लागि साहित्यकार जम्मा गराएर झरना स्थलमै पुगेर सिर्जना वाचन गरिएको प्रतिष्ठानका अध्यक्ष हर्कबहादुर खडायतले बताएका छन् । स्रष्टाहरुले गीत, गजल, कविता, मुक्त, साइनो, देउडा, हास्य कमेडी जस्ता विधाहरु प्रस्तुत गरेका हुन् ।

नेपाली साहित्य विधामा कान्छो विधाका रुपमा विकाशित हुदै गएको साइनोको दोस्रो वार्षिक उत्सवको अवसर पारी सिर्जना वाचन कार्यक्रम आयोजना गरिएको प्रतिष्ठानका सचिव कृष्ण ओलीले बताएका छन् । कार्यक्रम संयोजकका लागि स्थापित विमा कम्पनी आइएमइ फाइन इन्सोरन्स कम्पनी बाजुरा शाखाको प्रयोजन गरेको थियो । 

विमा सुविधा र विमाको महिमाबारे जानकारीसँगै साहित्यीक स्रष्टासँगको सहकार्यगर्न पाउँदा खुसी लागेको र सहकार्य आगामी दिनमा झनै प्रभावकारी बनाउने आइएमइ लाइफ इन्सोरेन्स कम्पनी बाजुरा शाखा प्रमुख गोपालराज उपाध्यायले बताएका छन् । 

कार्यक्रममा साइनो विधाको महिमा, साइनोको सन्देश, लेखन संरचना र विकास क्रमबारे साइनो अभियान्ता सुरेन्द्र शाही गुलाब कान्छोले जानकारी गराएका थिए ।  साहित्य र सिर्जनाका क्षेत्रमा बाजुरामा पनि गरिब नरहेको र सबै विधामा कलम चलाउन सक्ने क्षमताका स्रष्टा रहेको सन्देश दिनका लागि पनि कार्यक्रमले भूमिका खेलेको गजलकार समेत रहेका कृषि ज्ञान केन्द्र बाजुराका सूचना अधिकारी मिनप्रसाद जैशीले बताएका छन् ।

जैशी नै कार्यक्रमका प्रमुख अतिथि हुन् । प्रमुख अतिथि देखि कार्यक्रमका अध्यक्ष समेत सबै सहभागिले आफ्नो सिर्जना वाचन गरेका थिए । बडिमालिका नगरपालिका ६ रापक क्षेत्रमा पर्ने वीर झरना पछिल्लो केही वर्ष यता प्रमुख घुम्ने गन्तव्यका रुपमा परिचीत छ । 

No description available.प्रतिभाहरुको पहिचान हुनुका साथै प्रमुख गन्तव्यको समेत प्रवद्र्धनमा यस्तै कार्यक्रमले सहयोग पुग्ने प्रेस युनियन बाजुराका अध्यक्ष पत्रकार प्रेम रौलेले बताएका छन् । कार्यक्रममा कलाकार विनोद कुमार विक र गोपाल विकले विमा गर्दाको फाइदा बारे हास्य कमेडी प्रस्तुत गरेका थिए । भने बाजुराको प्रमुख मौलिक लोक भाका हुर्केउली समेत प्रर्दशन गरिएको थियो । 

६५ वर्ष नाघेका देउडा गीतका पारखी जोगा ल्वारले समेत देउडा गीत प्रस्तुत गरेका थिए । भने गजलकार केशब बोहरा, रमित विक, हिक्मत थापा हिकु, प्रेम नेपाली, प्राप्ती खड्का, सरिता नेपालीले प्रस्तुत गरेका थिए । गोपाल विकले गीत गाएका थिए । भने हुर्केउली र देउडा कविता वाचन समेत गरिएको छ । 

करिब ढेड सय मिटर लामो दुरीमा खसेको झरना र सोही स्थानसँगै बगेको नदीको सुन्दर दृश्य र आसपास क्षेत्रको मनोरम प्रकृतिले मन लोभ्याउने गरेको छ । घुम्ने र फर्किने मात्र गरिएको क्षेत्रको संरक्षण र प्रवद्र्धनमा प्रतिष्ठानले आयोजना गरेको कार्यक्रमले ठूलो सहयोग पुग्ने विश्वास राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानका प्रदेश कमिटी सदस्य प्रेम नेपालीले बताएका छन् ।

वीरे झरना सदरमुकाम नजिकको प्रमुख र सजिलो गन्तव्य बनोस भन्ने मान्यताका साथ प्रचार प्रसार र प्रवद्र्धनमा सहयोग पुर्याउन कार्यक्रमको आयोजना गरेको सुदूर साहित्य प्रतिष्ठानका उपाध्यक्ष बन्दना रोकायाले बताएकी छन् । 

प्रतिष्ठानले यस अघि पनि पोरखे लेकमा हिँउको तन्ना माथि गजल वाचन, बार्जुकोट दरबारमा गजल तथा सिर्जना वाचन कार्यक्रम आयोजना गरेको थियो । दैनिक २ सय बढीले अवलोकन गर्ने झरनालाई थप व्यवस्थीत र नजिकै होटल पसलको व्यवस्थापनमा ध्यान दिन सके झनै महिना बढ्ने विश्वास धेरैको छ ।



शुक्रबार १६, साउन २०७७ ०८:५२ मा प्रकाशित

प्रतिकृया दिनुहोस


Copyright © 2019 - najiknews.com.