रगत उम्लदै छ !

नजिक न्युज संवाददाता    

रगत उम्लदै छ !

आरती भण्डारी 

हाम्रो पनि रगत उम्लँदैछ,
युवा जोशले सिमा नाघ्दैछ,
बिस्तारै बिस्तारै कडा बिद्रोही बन्दैछन मनहरु,
यताबाट सम्झाउँदा नि मान्दैन,
उताबाट सम्झाउँदा नि मान्दैन,
सग्लो पार्टी र मिलेका नेता खोजिरहेछ ,
बारम्बार ,निरन्तर।
दुईचार नेताको वरिपरि,
लाखौँ कार्यकर्ता र करोडौँ जनताहरु घुमिरहेछन,
देशको रक्षाका निम्ति होइन,

जनताको सुरक्षाको निम्ति होइन,
समृद्ध नेपाल सुखी नेपालीको लागि नि होइन।।
केवल
जिम्मेवारीका निम्ति रे,
प्रधानमन्त्री र अध्यक्षका निम्ति रे,
के हामिलाइ सिकाउँदै हुनुहुन्छ ?
बालाइ फाल्न बनाएको,
डोको र नाम्लो सुरक्षीत राखौँला,
जसमा चढाएर तपाइलाइ फाल्ने दिन नआओस् ।।
मैले,
बनेको घर सजिलै फोर्न सक्छु,
तर बनाउन सक्दिन कमरेड,
घरको गार्हो लगाउने सिप,
पिलर बनाउने सीप,
झ्यालढोका र पर्खाल लगाउने सीप,
मैले सिकेकै छैन,
बिगार्न त बाँदरले पनि सक्छ ,
त्यो साहस म मा पनि छ।
न केपि ओलि न प्रचन्ड,
न माधब नेपाल न झलनाथ खनाल,
आज मलाइ कोहि प्रमुख हुनुले खास अर्थ राख्दैन,
प्रधानमन्त्री जो हुदा पनि टाउको दुख्दैन,
तर खबरदार,
बेमौसमी बाजा बज्यो भने,
पार्टी फुटाईयो भने,
म जिबित रहुन्जेल ,
तपाइहरुलाइ धिक्कार्नेछु,
किनकि
तपाइले जसरी जीवन नै समर्पित नगरेपनी,
मेरा करिब १७ वर्षको
सुन्दर जवानिहरु यहिँ बिताएकी छु।
मलाइ पनि यो पार्टीको मायाँ छ,
मलाई पनि मुलुकको समृद्धिको चिन्ता छ,
र हक पनि छ,
बाले धेरै दुख गरेपनी,
आमाले जति कस्ट गरेपनी,
परिवारको कान्छो सदस्यको उत्तिकै कर्तव्य हुन्छ,
अनि अधिकार पनि,
हामिलाई बिद्रोह गर्न बाध्य नबनाइयोस,
आफुभन्दा माथी पार्टी हुन्छ,
पार्टी भन्दा माथी देश हुन्छ भन्नेहरु,
आफुलाइ सबैभन्दा माथी राख्न लाज मान्नुहोस।

आरती भण्डारी (सदस्य, अनेरास्ववियृ केन्द्रिय कमिटी)



शुक्रबार १६, साउन २०७७ ०७:०२ मा प्रकाशित

प्रतिकृया दिनुहोस


Copyright © 2019 - najiknews.com.