बाढीमा बगेर कैलालीमा ३ जनाको मृत्यु

नजिक न्युज संवाददाता    

बाढीमा बगेर कैलालीमा ३ जनाको मृत्यु

कैलाली : अविरल वर्षासँगै आएको बाढीमा बगेर कैलालीमा ३ जनाको मृत्यु भएको छ । बाढीमा बेपत्ता भएका भजनी नगरपालिका-८ का ३२ वर्षीय चन्द्र विकको पनि शव फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । 

काँडा, पर्थैया, कान्द्रा र मोहोना नदीमा आएको बाढीको भेल बस्तीमा पस्दा बुधबार भजनी नगरपालिका-८ का ३ जना बेपत्ता भएका थिए । यसअघि बिहीबार भजनी नगरपालिका-८ सोनाफाटाका ११ वर्षीय स्केल चौधरी र शुक्रबार बिहान सोही ठाउँका ४० वर्षीय ईश्वर शाहीको शव फेला परिसकेको थियो ।

‘केहि बेरअघि चन्द्र विकको पनि शव फेला पर्‍यो,’ जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रतीक बिष्टले बताए ।



शुक्रबार १६, साउन २०७७ ०५:४४ मा प्रकाशित

प्रतिकृया दिनुहोस


Copyright © 2019 - najiknews.com.