समुदायमा स्बाव संकलन, बाजुराका ५८६ जनाको स्बाव सुर्खेत पठाईयो

नजिक न्युज संवाददाता    

समुदायमा स्बाव संकलन, बाजुराका ५८६ जनाको स्बाव सुर्खेत पठाईयो

बाजुरा : बाजुरामा समुदाय स्तरमा कोरोना परीक्षणका लागि स्बाव संकलन गरिएको छ । स्बाव संकलन गरी आज कोरोना परीक्षणका लागि सुर्खेत जनस्वास्थ्य प्रयोगशालामा पठाइएको छ ।

बाजुरा जिल्लाका ९ वटा स्थानीयतह मध्ये ८ स्थानीय तहका ५ सय ८६ जनाको कोरोना परीक्षणका लागि हेलिकप्टरद्धारा सुर्खेत पठाईएको जिल्ला स्वास्थ्य कार्यालय बाजुराका बरिष्ठ जनस्वास्थ्य अधिकृत दयाकृष्ण पन्तले बताएका छन् । 

भारतबाट आएकाहरुको कोरोना परीक्षण पश्यात समुदायमा समेत कोरोना संक्रमण हुनसक्ने भएकाले परीक्षणका लागि स्बाव संकल गरी सुर्खेत पठाएको पन्तले बताए । समुदायमा पनि कोरोना संक्रमण जोखिम भएकोले सबै स्थानीय तहका मानिसहरुको स्बाव संकलन गरी हेलिकप्टर मार्फत आज सुर्खेत पठाएकाे उनले बताए । 

जिल्लाको बुढीगंगा नगरपालिकाका–२३० जना, त्रिवणी नगरपालिका–६९ जना, बडिमालिका नगरपालिकाका–१०४ जना, बुढीनन्दा नगरपालिकाका–६० जना, खप्तड छेडेदह गाउँपालिकाका–७९ जना, गौमुल गाउँपालिकाका–२१ जना, जगन्नाथ गाउँपालिकाका–१२ जना र स्वामीकार्तिक गाउँपालिकाका–११ जना गरी जम्मा ५८६ जनाको स्बाव परीक्षणका लागि सुर्खेत पठाईएको हो । जसमा हिमाली गाउँपालिमा भने स्बाव संकलन गरिएको छैन् ।         
 



शुक्रबार १६, साउन २०७७ ०४:४४ मा प्रकाशित

प्रतिकृया दिनुहोस


Copyright © 2019 - najiknews.com.