बाजुरामा भरुवा बन्दुक सहित एक जना पक्राउ

नजिक न्युज संवाददाता    

बाजुरामा भरुवा बन्दुक सहित एक जना पक्राउ

बाजुरा : बाजुरामा घरेलु हतियार सहित एक जना पक्राउ गरेको छ । जिल्लाको बडीमालिका नगरपालिका–६ कोर्धका एक जना घरेलु हतियार सहित  रंगेहात पक्राउ परेका हुन ।  पक्राउ पर्नेमा साेही वडाका २८ वर्षीया मान बहादुर खड्का रहेका छन् । 

विहिबार राती भरुवा बन्दुक गाउँमा राखेको भन्ने सुचनाको अधारमा जिल्ला प्रहरी कार्यालय बाजुराबाट खटिएको प्रहरीले उनलाई भरुवा बन्दुक सहित रंगेहात पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । यस सम्बनधमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।            



शुक्रबार १६, साउन २०७७ ०१:४५ मा प्रकाशित

प्रतिकृया दिनुहोस


Copyright © 2019 - najiknews.com.