बाजुराको अम्कोटमा पहिरोमा पुरिएर बेपत्ता भएका पाध्यायको शव फेला

नजिक न्युज संवाददाता    

बाजुराको अम्कोटमा पहिरोमा पुरिएर बेपत्ता भएका पाध्यायको शव फेला

बाजुरा : बाजुरामा पहिरोमा पुरिएर बेपत्ता भएका बुढीगंगा नगरपालिका–१ अम्कोटका २१ वर्षीया धर्मराज पाध्यायको शव फेला परेको छ । साउन १४ गते बुधबार दिउँसो तीन बजेतिर बाख्रा चराउन गएको बेला माथिबाट आएको पहिरोमा पुरिएर बेपत्ता भएका थिए । पहिरोमा पुरिएर बेपत्ता भएका पाध्यायको शव फेला पारेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।  

शव ढुङ्गामा च्यापिएको अवस्थामा फेला पारेको प्रहरी जानकारी दिएको छ । घटनास्थलबाट शव निकालिसकेको बताईएको छ । त्यस्तै पहिरोमा परी सोही वडाका १७ वर्षीया ज्ञानराज पाध्याय र १६ वर्षीया  हरेन्द्र पाध्याय घाइते भएका थिए । जस मध्ये ज्ञानराज पाध्याय गम्भीर घाइते भएका थिए भने हरेन्द्र पाध्याय सामान्य घाइते भएका हुन ।  
 



शुक्रबार १६, साउन २०७७ ०९:१९ मा प्रकाशित

प्रतिकृया दिनुहोस


Copyright © 2019 - najiknews.com.