बाजुरामा बाढी पहिरोको वितण्डा : विभिन्न बस्तिहरु विस्तापित, पहिरोको उच्च जोखिममा

रमित विक    

बाजुरामा बाढी पहिरोको वितण्डा : विभिन्न बस्तिहरु विस्तापित, पहिरोको उच्च जोखिममा

बाजुरा : मनसुनी वायुका कारण लगातारको बर्षाले जिल्लामा बाढी पहिरोले पुनः वितण्डा मजाएको छ । जिल्लाका विभिन्न ठाउँमा बाढी पहिरोका कारण करौडौंको नोक्सानी भएको छ, भने हजारौ परिवार विस्तापित भएका छन् ।

वर्षायाम सुरु भएसँगै जिल्लाभरि बाढी पहिरोको घटना भइरहेको छ । बाढी र पहिरोले ठूलो क्षति भएको छ । आज जिल्लाका विभिन्न ठाउँमा बाढी र पहिरोले ठुलो क्षति गरेको छ । 

सदरमुकाम मार्तडी जोड्ने साँफे मार्तडी सडक अन्र्तगत बार्जुगार्ड प्रहरी चौकी नजिकै भिषण पहिरो गएको छ । अबिरल बर्षासँगै पहिरो गएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख प्रहरी नायव उपरिक्षक टंकप्रसाद भट्टाराईले बताएका छन् । 

बार्जुगाड प्रहरी चौकी नजिकै ठुलै पहिरो गएपछि आवत जावत रोकिएको छ । लगातारको बर्षाका कारण साँफे मार्तडी सडकखण्ड पहिरोले छेदबिछेद भएको तीन हप्ता भन्दा बढी भईसकेको छ । साउन ३ गतेसम्म बुढीगंगा नगरपालिका २ को बल्देसम्म यातायात सञ्चालनमा रहेका थिए । 

चार गते ताँप्रीसेराको घटटे खोलाको पक्की पुल नै बगाएपछि ताप्रीसेरासम्मको यातायात बार्जुगाडसम्मै रोकीएको छ । पहिरोका कारण जिल्लाका विभिन्न स्थानीय तहमा बाढी पहिरोको प्रकोपले स्थानीयलाई त्रसित गरेको खबर आएका छन् ।

बाढी पहिरोका कारण गौमुल गाउँपालिकामा ठुलो मात्रामा क्षति भएको छ । गौमुल गाउँपालिका–६ टुनी, बाम्नी, शान्तिटोल, बसाला, बाडी लगायतका बस्तिमा गाउँ तल र माथिबाट पहिरो बग्न थालेपछि स्थानीय त्रसित भएका छन् । स्थानीयका अनुसार गाउँको तल र माथिबाट पहिरो बग्न थालेको बताएका छन् ।

टोलका स्थानीय तिलक विक, रगे विक, राम बहादुर विक, देब बहादुर विक, हर्क विक लगायतका परिवारहरु समेत जोखिममा परेका छन् । नियमितको बर्षाका कारण स्थानीय विस्तापित भएको स्थानीय रगे विकले बताए । 

त्यस्तै गाउँपालिकाका ३ नम्बर वडाको माझपालीको आलामा समेत बाढीका कारण स्थानीय विस्तापित हुने अवस्थामा पुगेका छन् । स्थानीय सेते रोकाया, देव बहादुर रोकाया, मोहन विक, धौले विक, डबल विक, कलक रोकाया, जैधे रोकाया, गोरख रोकाया, रमलाल रोकाया, कमल रोकाया, बिरजीत रोकाया रहेका छन् भने माझपाली टोलमा कौशल विक, गोरख चदाँरा, ढोक्कल विक, लाल बहादुर विक लगायतका स्थानीयको घर माथिबाट पहिरो बग्न थालेपछि त्रसित भएको स्थानीय लाल बहादुर विकले बताएका छन् । 

पहिरोका कारण गौमुल गाउँपालिका–४ तल्ला पोखरीमा घर तलबाट पहिरो आएको छ । खेतबारीमा सहित सबै अन्नपात लगाएको जमिन बगाएको छ । घरमाथिबाट समेत पहिरो आउन थालेको पीडित उमेश धामीले बताएका छन् ।

घरमा भित्रबाट पनि पानीको मुहान बग्न थालेपछि थप समस्या आएको छ । स्थानीय उमेश धामी र दिलिप धामी पारस धामी, कलक धामी लगायत ८ परिवार विस्तावित भएका छन् । विस्तापित सबै आफन्तकोमा ओत लागेर रात कटाउन बाध्य भएका छन् । 
बाढी पहिरोका अवस्था बुझ्न उपाध्यक्ष थापा टोलमा
गौमुल गाउँपालिकाका उपाध्यक्ष सीता थापाले गाउँपालिका भरिका वडामा पुगेर पहिरोको अवस्थाका बारेमा बुझनुभएको छ । वडाका ४, ५ र ६ वडाको अनुगमन गर्नुभएको छ । अनुगमनका क्रममा खेतबारीमा लगाएको अन्नपातमा बढी क्षति पुगेको उपाध्यक्ष थापाले बताएकी छन् । 

वडाका विभिन्न टोलमै पुग्नुभएकी उपाध्यक्ष थापाले भनिन् केही वडाका टोलमा घरहरु उच्च जोखिममा रहेको र बाढी पहिरोका कारण वडाका केही ठाउँमा बढीको जोखिम रहेकाले टोल टोलमै पुगेर सुरक्षित स्थानमा बस्न आग्रह गरेको बताइन् । ईलाका प्रहरी कार्यालय गौमुलको टोली सहित उपाध्यक्ष थापा बाढी पहिरोका अवस्था बुझ्न गाउँमा पुग्नुभएको हो । 

दुःखको बेलामा जनताहरुलाई सहानुभूति र सुरक्षित रहन अपिल गर्ने उपाध्यक्ष थापा सहित गाउँपालिकाको टिम प्रत्येक वडामा पुग्नुभएको हो ।



बिहिबार १५, साउन २०७७ ०७:२५ मा प्रकाशित

प्रतिकृया दिनुहोस


Copyright © 2019 - najiknews.com.