बाजुरा क्याम्पस सहीत सुपका ९ क्याम्पसलाई नमूनाका रुपमा स्तरोन्नति गरिने

नजिक न्युज संवाददाता    

बाजुरा क्याम्पस सहीत सुपका ९ क्याम्पसलाई नमूनाका रुपमा स्तरोन्नति गरिने

बाजुरा : जिल्ला सदरमुकाम मार्तडीमा रहेको बाजुरा क्याम्पसलाई नमूनाका रुपमा स्तरोन्नति गरिने भएको छ । सुदूरपश्चिम प्रदेश सरकार सामाजिक विकास मन्त्रालय अन्र्तगत बाजुरा क्याम्पसलाई नमूनाका रुपमा स्तरोन्नति गरिने भएको निर्णय भएको छ ।

नमूनाका रुपमा स्तरोन्नति गरिनेमा बाजुरा क्याम्पस सहीत सुदूरपश्चिमका ९ वटा रहेका छन् । नौ वटा जिल्लाका एक वटा क्याम्पसलाई नमुना बनाउने नीति अनुसार बाजुरा क्याम्पस पनि परेको हो ।

प्रदेशको सामाजिक विकास मन्त्रालय अन्तरगत उच्च शिक्षा महाशाखाले स्तरोन्नतिका लागि निवेदन परेका ४३ क्याम्पस मध्ये ९ क्याम्पसलाई छनौट गरेको हो । मन्त्रीस्तरीय निर्णयबाट अछामको अछाम बहुमुखी क्याम्पस, कञ्चनपुरको महाकाली बहुमुखी क्याम्पस, कैलालीको घोडाघोडी बहुमुखी क्याम्पस र डडेल्धुराको त्रिवेणी क्याम्पस जोगबुढा नमूना क्याम्पसको रुपमा स्तरोन्नतिका लागि छनौट भएका छन । 

यस्तै डोटीको केदारजोति कुञ्ज बहुमुखी क्याम्पस, दार्चुलाको दार्चुला बहुमुखी क्याम्पस, बझाङको सुनकुडा बहुमुखी क्याम्पस, बाजुराको बाजुरा बहुमुखी क्याम्पस र बैतडीको जगन्नाथ बहुमुखी क्याम्पस समेत छनौट भएको उच्च शिक्षा महाशाखाले जनाएको छ ।

भौतिक संरचना निर्माण, क्याम्पस परिसरको वातावरण व्यवस्थापन, आर्थिक श्रोत लगानी तथा शिक्षण सिकाइको प्रभावकारीताका लागि शैक्षिक जनशक्तिको क्षमता अभिवद्धिका क्षेत्रमा नमुना सुरुवाद गर्र्ने लक्ष्य राखेको छ ।

नमूनाका रुपमा स्तरोन्नति गरिने क्याम्पसको सूचीमा परेका नौ वटै क्याम्पस सुदूरपश्चिम विश्वविद्यालयका आंगिक क्याम्पस हुन् । बाजुरा क्याम्पस नमूनाका रुपमा स्तरोन्नति गरिनेको सूचीमा परेपछि क्याम्पस प्रशासनले खुसी व्यक्त गर्दै सामाजिक विकास मन्त्रालयलाई धन्यवाद दिएको छ ।

जिल्लामा रहेका तीन वटा क्याम्पस मध्ये बाजुरा क्याम्पस संकाय सञ्चालन देखि विद्यार्थी चापमा अगाडि छ । शिक्षा, मानविकी, व्यवस्थापन, कला संकायमा पढाइ हुने गरेको छ । भने ५ सय बढी विद्यार्थी अध्यनरत रहेका छन् । हाल स्नाकोक्तर सम्मको पनि पढाइ हुने गरेको छ ।



मङ्गलबार १३, साउन २०७७ ०८:२२ मा प्रकाशित

प्रतिकृया दिनुहोस


Copyright © 2019 - najiknews.com.