साँफे मार्तडी सडक सञ्चालन हुन अझै कम्तीमा १५ दिन लाग्ने

नजिक न्युज संवाददाता    

साँफे मार्तडी सडक सञ्चालन हुन अझै कम्तीमा १५ दिन लाग्ने

बाजुरा : साँफे मार्तडी सडक सञ्चालनमा समस्या देखिएको छ । लगातारको बर्षासँगै गएको पहिरोले भासिएको सडक पुन निर्माण गर्नमा भइरहेको ढिलाईका कारण सडक सञ्चालनमा समस्या देखिएको हो । 

बर्षाकै कारण हरेक दिन नयाँ विकल्प सहीत सडक निर्माणको काम सुरु गर्नु पर्ने बाध्यताले सञ्चालनमा ढिलाई हुने सडक डिभिजन कार्यालय साँफेका इन्जिनीयर दमन विष्टले बताएका छन् । तत्कालका लागि पुरानै स्थानमा बाटो मर्मत गर्नेक्रम जारी भएपनि बर्षाले समस्या पारेको विष्टको भनाई छ । 

असार अन्तिमसाता देखि अवरुद्ध साँफे मार्तडी सडक अझै खुल्न सकेको छैन् । सडक सञ्चालनका लागि नयाँ रुट निर्माण वा पुरानै मर्मत भन्नेमै पनि बहस जारी रहेको छ । नयाँ निर्माण गर्दा पनि पहिरोमा भासिएको र थप बाटो समेत पहिराले क्षदबिच्छेद भएर थप निर्माण गर्नु पर्ने अवस्थामा आइपुगेको छ ।

पहिरोको समस्या ताँप्रीसेरादेखि मार्तडीसम्म दर्जनौ स्थानमा भएपनि बल्दे, द्धवारी सडक नै प्रमुख बाधक बनेको छ । करिब १ किलोमिटर सडकमा दर्जनौ स्थानमा पहिरो गएको छ । भने पहिराले भासिएको पुरानै स्थान बाहेक अन्य चार स्थानमा पहिराले थप क्षति पुर्याएको छ ।

No description available.बनाएको भोलिपल्ट बिग्रीने र नयाँ निर्माण गर्दा लागत खर्च हुने तर उपलब्धी नदेखिने अवस्था आइपुगेको छ । जिल्ला स्तरीय सरोकारवाला टोली र सडक विभागबाट प्रतिनिधी तथा प्राविधिक आएर नियमित विकल्प बारे परामर्श तथा छलफल जारी राखेपनि निकास निस्कन सकेको छैन् ।

No description available.डोजरले काम नियमित गरिरहेको छ, प्राविधिक आएरै नयाँ मार्ग निर्माण बारे परामर्श गरिरहेका छन् । तर दिनमा काटेको बाटो राती पुन भत्किने गरेको छ । पुरानो सहीत थप नयाँ बाटो समेत भत्किएकोले ढिलाइ हुदै गएको प्रमुख जिल्ला अधिकारी कृष्ण गैह्रेले बताएका छन् ।

आजपनि गैह्रे नेतृत्वको टोलीले सडकको अवस्था बारे जानकारी लिनुका साथै सडक डिभिजन कार्यालयका प्राविधिक टोलीसँग छलफल गरेको छ । प्रमुख जिल्ला अधिकारी सहीत तीन वटै सुरक्षा निकायका प्रमुख तथा नेकपा नेता गगन रावल सहीतको टोली द्धवारी पुगेको थियो । भने सडक डिभिजन कार्यालयका इन्जीनियर दमन विष्ट सहीतको टोली बीच छलफल तथा परामर्श समेत भएको प्रहरी नायव उपरीक्षक टंक प्रसाद भट्टाराईले बताएका छन् ।

No description available.छलफलबाट पुरानै सडक छेउबाट बाटो निकाल्ने सहमति भएको छ । दिर्घकालिन समाधानका लागि नयाँ विकल्प बारे छलफल गरिएपनि तत्कालको समस्या समाधान गर्न पुरानै सडक छेउबाटै बाटो निर्माण गर्ने बारे छलफल भएको छ ।

पुरानै सडक छेउबाट बाटो निर्माण गरिएपनि करिब १५ दिन भन्दा बढी लाग्ने इन्जिनियर दमन विष्टले बताएका छन् । बाटोको अवस्था र पहिरोको मात्रा हेर्दा थप पानी नआएमा कम्तीमा १५ दिन भन्दा बढी लाग्ने र पानी परेमा तत्काल भन्न सकिने अवस्था नरहेको विष्टको भनाई छ ।

No description available.बाटो अवरुद्ध हुँदा दैनिक उपभोग्य समानको मूल्य आकाशिएको छ, भने यात्रा कष्टकर हुने गरेको छ । सडक विभागले आफूले निर्माण गरेको सडक बारे तत्काल अर्को नयाँ मार्ग पहिचान गरेर सडक बनाउने अवस्था नरहेको र मेसिनरी वालनै लगाएर भएपनि पुरानै बाटोलाई कायम गर्ने रणनीति अघि सारेको छ । 



सोमबार १२, साउन २०७७ ०८:०८ मा प्रकाशित

प्रतिकृया दिनुहोस


Copyright © 2019 - najiknews.com.