हलिउड अभिनेत्री ओलिभियाको १०४ वर्षको उमेरमा निधन

नजिक न्युज संवाददाता    

हलिउड अभिनेत्री ओलिभियाको १०४ वर्षको उमेरमा निधन

पेरिस : हलिउड अभिनेत्री ओलिभिया डे हेभिल्याण्डको १ सय ४ वर्षको उमेरमा निधन भएको छ । हलिउडमा ५० वर्षको करिअर बनाएकी ओलिभियाले ५० बढी फिचर फिल्ममा अभिनय गरेकी थिइन् । साथै आफ्नो समकालिन कलाकारमा उनी सबैभन्दा धेरै उमेर बाँच्ने कलाकार समेत हुन् ।

ओस्कारमा विजेता बनिसकेकी ओलिभिया १९६० देखि पेरिसमा रहँदैआएकी थिइन् । उनी बहिनी जोन फोन्टाइनसँग नजिक थिइन् । जोन पनि ओस्कार विजेता अब्बल अभिनेत्री हुन् । ओलिभिया सबैभन्दा धेरै वर्ष बाँच्ने ओस्कार विजेता कलाकार समेत बनिन् । उनको निधनमा थुप्रै हलिउडकर्मी तथा अन्य प्रतिष्ठिट व्यक्तिहरुले श्रद्धाञ्जली दिएका छन् ।



सोमबार १२, साउन २०७७ ०५:१६ मा प्रकाशित

प्रतिकृया दिनुहोस


Copyright © 2019 - najiknews.com.