नेपालमा थप १३९ जनामा कोरोना संक्रमण, ६२६ जना डिस्चार्ज

नजिक न्युज संवाददाता    

नेपालमा थप १३९ जनामा कोरोना संक्रमण, ६२६ जना डिस्चार्ज

काठमाडौं : नेपालमा सोमबार थप १३९  जनामा कोरोना भाइरस (कोभिड -१९) संक्रमण देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार नयाँसहित कूल संक्रमितको संख्या १८ जहार ७५२ पुगेको हो ।आइतबार मात्रै १३० जनामा कोरोना संक्रमण देखिएको थियो। 

सोमबारसम्म कोरोनाका संक्रिय बिरामीको संख्या ४ हजार ९ सय ५०  पुगेको छ। जसमध्ये प्रदेश १ मा १९५, प्रदेश
२ मा १ हजार ९११ जना , बागमती प्रदेशमा ४०२ जना, गण्डकी प्रदेशमा  २४४ जना , प्रदेश ५ मा ३५३ जना,
कर्णाली प्रदेशमा  ३७५ जना र सुदूरपश्चिम प्रदेशमा १ हजार ७ सय ४० जना रहेका छन्।

मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा ६२६ जनाले कोरोना जितेर घर फर्किएका छन्। योसहित कोरोना जित्नेको कुल संख्या १३ हजार ५४ पुगेको छ। ।क्वारेन्टाइनमा रहनेको संख्या १६ हजार ३७९ पुगेको छ। यस्तै मन्त्रालयका अनुसार आइसोलेसनमा ४ हजार ९ सय ५० जनाको उपचार भइराखेको छ ।



सोमबार १२, साउन २०७७ ०४:३० मा प्रकाशित

प्रतिकृया दिनुहोस


Copyright © 2019 - najiknews.com.