बाजुरा जिल्ला अस्पतालले गर्यो कर्मचारीका परिवारको स्वास्थ्य विमा

नजिक न्युज संवाददाता    

बाजुरा जिल्ला अस्पतालले गर्यो कर्मचारीका परिवारको स्वास्थ्य विमा

बाजुरा : जिल्ला अस्पताल बाजुराले कार्यालय कार्यरत स्वास्थ्य कर्मी तथा कर्मचारीहरुका परिवारको स्वास्थ्य उपचार विमा गरेको छ । ५० प्रतिशत रकम लगानी कार्यालयका तर्फबाट सहयोग गरेर कार्यरत ८२ जना स्वास्थ्य कर्मी तथा कर्मचारीको नाममा परिवारकै स्वास्थ्य विमा गराएको हो ।

अस्पतालमा कार्यरत कार्यालय प्रमुख देखि सम्पूर्ण कर्मचारी र अस्पताल व्यवस्थापन समितिका अध्यक्ष सहीत सम्पूर्ण सदस्यका नाममा परिवारले नै सुविधा पाउने गरी विमा गराएको कार्यालय प्रमुख डाक्टर रुपचन्द्र विश्वकर्माले बताएका छन् । ५० प्रतिशत स्वयम व्यक्ति र ५० प्रतिशत अस्पतालले बेहोर्ने गरी स्वास्थ्य उपचार विमा गराएको प्रमुख डाक्टर विश्वकर्माको भनाई छ । 

नेपाल स्वास्थ्य विमा बोर्डले ५ जनासम्मको परिवारलाई प्रति परिवार ३ हजार ५ सय विमा शुल्क तिरे वापत १ लाखसम्मको स्वास्थ्य उपचार सेवा उपलब्ध हुने गराउने गरेको छ । जिल्ला अस्पालले सबै कर्मचारीका परिवारको सामुहीक विमा गराएको छ । 

No description available.प्रत्येक व्यक्तिको ५ जना सम्मको परिवारका लागि लाग्ने ३ हजार ५ सय मध्ये १ हजार ७ सय ५० रुपैया अस्पतालले बेहोर्ने छ । भने बाँकी ५० प्रतिशत स्वयम व्यक्तिले तिर्नु पर्ने छ । थप परिवार सदस्य संख्या रहेको हकमा पनि स्वयम व्यक्तिले नै सम्पूर्ण खर्च बेहोर्नु पर्ने छ । 

विमा गराउन लाग्ने करिब २ लाखको अस्पतालको लागतमा ८२ लाखसम्मको आर्थिक कारोबार हुने अस्पताल व्यवस्थापन समिति अध्यक्ष भरत थापाले बताएका छन् । सरकारी कार्यालयले सम्पूर्ण कर्मचारीको एकमुष्ट विमा गरेको पहिलो अभ्यास भएकोले राम्रकै लागि गरेको थापाको भनाई छ । 

स्वास्थ्य कर्मी तथा कर्मचारीले उपचार सेवा लिनै पर्छ, विमा बोर्डले उपचारका लागि स्वीकृत गरेको संस्था पनि जिल्लाका हकमा पहिलो जिल्ल अस्पताल नै हो, संस्थागत हित र परिवारको स्वास्थ्य सुरक्षाका लागि पनि एकमुष्ट विमा गराएको अध्यक्ष थापाले भन्नु भयो ।

विमा गराएको बारे स्वयम व्यक्तिलाई विमा कार्ड हस्तान्त्रण गरेर जानकारी गराइएको थियो । विमा कार्ड जिल्ला नाम दर्ता अधिकारी तारा रोकायाले स्वास्थ्य व्यवस्थापन समिति अध्यक्ष भरत थापा सहीत समिति सदस्यहरु, कार्यालय प्रमुख डाक्टर रुपचन्द्र विश्वकर्मा सहीत स्वास्थ्य कर्मीलाई हस्तान्त्रण गरेकी हुन् ।

स्वास्थ्य कर्मी, कर्मचारी र समितिका सदस्यहरुलाई लगानी अभावले विमा गराएको नभई स्वास्थ्य विमा प्रवद्र्धन तथा कार्यालयका लागि हुने दिर्घकालिन हितका लागि त्योभन्दा सम्बन्धी जिल्ला अस्पताल सहीत सूचीकृत गरिएको वा बोर्डले सिफारिस गरेको स्वस्थ्य संस्थाबाट एकवर्षका लागि उपचार सेवा उपलब्ध गराउने गरिएको जिल्ला नाम दर्ता अधिकारी तारा रोकायाले बताएकी छन् ।

जिल्लामा स्वास्थ्य विमा कार्यक्रम प्रभावकारी बन्दै गइरहेकाे अवस्थामा जिल्ला अस्पतालले गरेको काम अरुका लागि उदारणीय र स्वास्थ्य सुरक्षाका साथै राज्यको नीतिलाई सहयोग पुग्ने खालको रहेको रोकायाको भनाई छ । जिल्ला अस्पताल व्यवस्थापन समितिको अध्यक्षमा नेकपा नेता भरत थापा आएदेखि नयाँ र फरक सन्देश दिने खालका काम भइरहेका छन् ।

राज्यले गरिब तथा विपन्न समुदायलाई स्वास्थ्यमा सहज पहुँच पुर्याएर गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने लक्ष्य सहीत स्वास्थ्य विमा कार्यक्रम सञ्चालन गरिरहेको छ । कार्यक्रम देशका सबै जिल्लामा सञ्चालन भइसकेको छ । बाजुरामा मात्र मा छन् । जिल्लामा प्रभावकारी बन्दै गएको छ । थोरै रकमबाट गुणस्तरीय स्वास्थ्य सेवा पाउने विश्वासका साथ स्थानीयले एकपछि अर्को गर्दै विमा गर्नेक्रम बढेको छ ।

जिल्लामा २०६८ सालको जनगणना अनुसार २०९०८ वटा परिवार संख्या रहेको छ । ती सबै घरलाई स्वास्थ्य विमामा आवद्ध गराउने लक्ष्य सहीत कार्यक्रम सञ्चालन गरिएको छ । विमा गराएका मध्ये २० प्रतिशत अति विपन्न परिवार रहेको र तीनको निशुल्क विमा समेत भईरहेको छ ।

No description available.सेवाका लागि जिल्लामा प्राथमिक स्वास्थ्य केन्द्र कोल्टी र जिल्ला अस्पताल बाजुरालाई सूचिकृत गरिएको छ । स्थानीयले तोकिएका दुईवटा स्वास्थ्य संस्थाबाट उपचार सेवा संभव नभए रिफर प्रमाणका आधारमा अछामको बयालपाटा, डडेल्धुरा, सेती अञ्चल अस्पताल र नेपालगञ्ज मेडिकल कलेजमा उपचार सुविधा उपलब्ध हुने बताईएको छ । 



आइतबार ११, साउन २०७७ ०५:४५ मा प्रकाशित

प्रतिकृया दिनुहोस


Copyright © 2019 - najiknews.com.