विश्वमा २ लाख ४७ हजार कोरोना संक्रमित थपिए

नजिक न्युज संवाददाता    

विश्वमा २ लाख ४७ हजार कोरोना संक्रमित थपिए

बिहीबार विश्वमा २ लाख ४७ हजार २२५ कोरोना संक्रमित थपिएका छन् । यो अघिल्लो दिनको तुलनामा करिब ४५ हजार धेरै हो । बुधबार २ लाख २ हजार ७२६ कोरोना संक्रमित थपिएका विश्व स्वास्थ्य संगठनको तथ्यांकमा उल्लेख छ । 

हालसम्म सबैभन्दा धेरै गत शनिबार २ लाख ५९ हजार ८४८ कोरोना संक्रमित थपिएका थिए । विश्वका २१६ देशमा फैलिएको कोरोनाका कारण हालसम्म ६ लाख १९ हजार १५० को ज्यान गइसकेको छ । संक्रमितको संख्या एक करोड ५० लाख १२ हजार ७३१ पुगेको छ ।

 लकडाउन अन्तय भएसँगै विश्वमै कोरोना संक्रमितको संख्या तीव्र गतिमा बढीरहेको छ । यता नेपालमा भने बिहीबार १४७ कोरोना संक्रमित थपिएका थिए ।



शुक्रबार ०९, साउन २०७७ ०६:४३ मा प्रकाशित

प्रतिकृया दिनुहोस


Copyright © 2019 - najiknews.com.