ज्लाटनको दुई गोल

एजेन्सी    

ज्लाटनको दुई गोल

मिलान : भेट्रान स्विडिस फरवार्ड ज्लाटन इभ्राहिमोभिचको दुई गोल सहयोगमा एसी मिलानले सस्सुलोमाथि झिनो जित निकालेको छ । मिलानले घरेलु टोलीमाथि २–१ को जित निकालेको हो । सबै तीन गोल पहिलो हाफमा सम्भव भएको थियो ।

मंगलबार राति भएको खेलको १९औं मिनेटमा इभ्राहिमोभिचले हाकान कालहानोग्लुको पासमा गोल गर्दै मिलानलाई अग्रता दिलाएका थिए । ४२औं मिनेटमा सस्सुलोका फ्रान्सिस्को कपुटोले पेनाल्टीमार्फत गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए । पहिलो हाफको थप गरिएको दोस्रो मिनेटमा इभ्राहिमोभिचले व्यक्तिगत तथा टिमका लागि दोस्रो गोल गर्दै मिलानलाई खेलमा पुनः २–१ को अग्रता दिलाए । उनले हाकानकै पासमा गोल गरेका थिए । पहिलो हाफको इन्ज्युरी समयको थप गरिएको सातौं मिनेटमा घरेलु टोली सस्सुलो १० खेलाडमा समेटियो । सस्सुलोका मेदी बौरएविया दोहोरो पहेंलो कार्ड खाँदै मैदानबाट बाहिरिएका थिए ।

घरेलु टोली १० खेलाडीमा समेटिए पनि मिलानले दोस्रो हाफमा थप गोल गर्न सकेन । पहिलो हाफको नतिजा नै मिलानको जितमा पर्याप्त बन्यो । जितपछि मिलान ३५ खेलबाट ५९ अंक जोडेर पाँचांै स्थानमा उक्लदा सस्सुलो ४८ अंक जोडेर आठौं स्थानमा यथावत् रहेको छ । यस्तै, अर्काे खेलमा यो सिजन उच्च प्रदर्शन गरिरहेको एटलान्टाले बोलोग्नामाथि १–० को कठिन जित निकालेको छ ।

एटलान्टाको जितमा ६२औं मिनेटमा लुइस मुरिएलले गरेको गोल नै निर्णायक बन्यो । उनी दोस्रो हाफको सुरुमै मारियो पासालिसको स्थानमा मैदान प्रवेश गरेका थिए । जितपछि एटलान्टाको ७४ तथा पराजित बोलोग्ना ४३ अंक जोडेर १०औं स्थानमा छ ।



बिहिबार ०८, साउन २०७७ ०६:१० मा प्रकाशित

प्रतिकृया दिनुहोस


Copyright © 2019 - najiknews.com.