पल र स्वस्तिमाको ‘मायालू तिमी कता छौ २’ रिलिज

नजिक न्युज संवाददाता    

पल र स्वस्तिमाको ‘मायालू तिमी कता छौ २’ रिलिज

नायक पल शाह र नायिका स्वस्तिमा खड्काले अभिनय गरेको ‘मायालु तिमी कता छौ’ बोलको गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ । दिनेश थपलियाको शब्द रहेको यो गीतमा राजनराज सिवाकोटी र स्मिता दाहालको स्वर, राजनकै संगीत छ ।

यो गीतको भिडियोमा नायक पल शाह र नायिका स्वस्तिमा खड्काको साथमा बाल–कलाकारद्धय एन्जल राई र अर्विन खड्काले अभिनय गरेका छन् । सरोज वलीको निर्देशनमा तयार भएको भिडियोमा विक्रम स्वाँरको कोरियोग्राफी छ । नवराज उप्रेतीले छायांकन गरेको भिडियोमा अर्जुन जीसीको सम्पादन छ ।

‘मायालु तिमी’ बोलको गीत हिट भएपछि सरोज र उनको टिमले यसको दोश्रो भाग सार्वजनिक गरेको हो ।
 



आइतबार ०४, साउन २०७७ ०९:४६ मा प्रकाशित

प्रतिकृया दिनुहोस


Copyright © 2019 - najiknews.com.