अमेरिकामा एकैदिन ६८ हजार ४२८ जनामा कोरोना संक्रमण पुष्टि

नजिक न्युज संवाददाता    

अमेरिकामा एकैदिन ६८ हजार ४२८ जनामा कोरोना संक्रमण पुष्टि

अमेरिकामा एकै दिन ६८ हजार ४२८ जना कोरोना भाइरस संक्रमित फेला परेका छन् । यसैगरी गत २४ घण्टामा अमेरिकामा ९७४ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

अमेरिकामा कोरोना संक्रमणबाट सबैभन्दा बढी प्रभावित देश हो । जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार हाल अमेरिकामा कोरोना संक्रमितको संख्या ३५ लाख ६३ हजार ८ सय ४८ पुगेको छ ।

यसैगरी मृतकको संख्या १ लाख ३८ हजार २६७ छ ।

अमेरिकामा सबैभन्दा धेरै संक्रमित लसएन्जलसमा छन् । लसएन्जलसमा १ लाख ४३ हजार २ सय ७ जनामा कोरोना पुष्टि भएको जोन्स हप्किन्स विश्वविद्यालयको ड्यास बोर्डमा उल्लेख छ ।

 



शुक्रबार ०२, साउन २०७७ ०८:४७ मा प्रकाशित

प्रतिकृया दिनुहोस


Copyright © 2019 - najiknews.com.