विश्वभर एकैदिन झन्डै साढे २ लाख कोरोना संक्रमित थपिए,५६३८ जना संक्रमितको मृत्यु

नजिक न्युज संवाददाता    

विश्वभर एकैदिन झन्डै साढे २ लाख कोरोना संक्रमित थपिए,५६३८ जना संक्रमितको मृत्यु

विश्वभर एकैदिन झन्डै साढे २ लाख कोरोना संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा २ लाख ४१ हजार जनामा कोरोना संक्रमण पुष्टि भएसंगै विश्वमा कोरोना संक्रमितको संख्या १ करोड ३९ लाख ३० हजार पुगेको छ । सबैभन्दा धेरै अमेरिकामा ६७ हजार ३ सय, बा्रजिलमा ४३ हजार ८ सय, भारतमा ३५ हजार ४ सय, दक्षिण अफ्रिकामा २३ हजार १ सय, रसियामा ६ हजार ४ सय र मेक्सिकोमा ६ हजार १ सय जना नयाँ संक्रमित थपएिका हुन् । 

पछिल्लो २४ घण्टामा ५ हजार ६ सय ३८ जना संक्रमितको मृत्यु भएसंगै मृतको संखया ६ लाख नजिक पुगेको छ । बा्रजिलमा २१ सय ९९, अमेरिकामा ८ सय ८४, भारतमा ६ सय ८०, मेक्सिकामा ५ सय ७९, दक्षिण अफ्रिकामा २ सय १६, कोलम्बियामा २ सय १५, पेरुमा १ सय ९८ र रसियामा १ सय ६७ जनाको मृत्यु भएको छ । 

कुल संक्रमित मध्ये ८२ लाख ६५ हजारभन्दा धेरै उपचारपछि निको भएका छन् । भने ५० लाख संक्रमित अझै उपचाररत छन् ।  
 


   
 
 



शुक्रबार ०२, साउन २०७७ ०७:४२ मा प्रकाशित

प्रतिकृया दिनुहोस


Copyright © 2019 - najiknews.com.