तरकारी खेतीबाट एउटै परिवारको आम्दानी अढाइ लाख

नजिक न्युज संवाददाता    

तरकारी खेतीबाट एउटै परिवारको आम्दानी अढाइ लाख

बाजुरा : बडिमालिका नगरपालिका ६ फणिल्ला बस्ने बलबहादुर बडुवालले तरकारी खेतीबाट राम्रो आम्दानी गर्न सफल भएका छन् । कृषि ज्ञान केन्द्रको प्राविधिक सल्लाहपछि बडुवालले गएको वर्षबाट तरकारी खेती सुरु गरेका हुन् । 

एक सिजनमा मात्र अढाई लाख बढी तरकारीबाटै आम्दानी गरेको बडुवालले बताएका छन् । पहिलो पटक प्याज र बन्दा खेती गरेका बडुवालले २० क्वीन्टल बढी बन्दा र १५ क्वीन्टल बढी प्याज मार्तडीमै ल्याएर विक्री गरेका छन् ।

बारीबाट विक्री हुने र फुटपातमा डोकोमा बोकेर विक्री हुने संख्यालाई गणना गर्दा अढाइ लाख बढीको तरकारी विक्री गरिएको बडुवालले बताएका छन् । उनको तरकारी खेतीको जनप्रतिनिधीले पनि अवलोकन गरेका छन् । 

वडा सदस्य जंग खड्का नेतृत्वको टोलीले तरकारी बारीको अवलोकन सहीत व्यवसायको औपचारिक उद्घाट समेत गरेको स्थानीय सुरज बडुवालले बताएका छन् । कृषि ज्ञान केन्द्रको प्राविधिक सल्लाहपछि खेती सुरु गरेको र अब निरन्तरता दिने बडुवालको भनाई छ ।

भारी बोक्नु पर्ने, अरुकोमा गएर मजदुरी गर्नु पर्ने बाध्यता यो वर्ष हटेको छ । चार जनाको परिवार पालन पोषण गर्न सहीत केही रुपैया बचत समेत गरेको बताएका छन् । जनप्रतिनिधीले पनि वडाका तर्फबाट हुने सहयोग हुने र व्यवसायीक रुपमा खेती गरेर नमुना बन्न सुझाव दिएका छन् । 



आइतबार २८, असार २०७७ ०८:१५ मा प्रकाशित

प्रतिकृया दिनुहोस


Copyright © 2019 - najiknews.com.