बाजुराका अधिकांस ग्रामीण सडकमा यातायात ठप्प,स्थानीयलाई आवत जावतमा समस्या

रमित विक    

बाजुराका अधिकांस ग्रामीण सडकमा यातायात ठप्प,स्थानीयलाई आवत जावतमा समस्या

बाजुरा : बाजुराका ग्रामीण सडकहरुमा यातायात ठप्प भएका छन् । नियमित बर्षाका कारण जिल्लाका ग्रामीण सडकहरु ठप्प भएका हुन् । नियमित परेको अविरल बर्षाका कारण सबै ग्रामीण सडकहरु अवरुद्ध बनेका हुन् । लगातार बर्ष आएपछि विभिन्न स्थानीय तहमा पुग्ने सडकको ठाउँ–ठाउँमा पहिरो जाँदा सडक अवरुद्ध बनेसंगै यातायातका साधन बन्द भएका हुन् ।

जिल्लाका सबै ग्रामीण सडक अवरुद्ध भएका छन् । पुर्वी उत्तरी क्षेत्र जोड्ने मार्तडी–कोल्टी सडक, मार्तडी देखि गौमुल गाउँपालिका घटम्ना, मार्तडी देखि छेडेदह गाउँपालिका डोगडी, बाम्काबजार देखि त्रिवेणी नगरपालिका तोली, बाम्काबजारबाट डोगडी लगायतका ग्रामिण सडक अवरुद्ध बनेका छन् । यस्तै अन्य ग्रामिण क्षेत्रमा निमार्ण गरिएका सडकहरु पनि अवरुद्ध बन्दै गएका छन् । 

सदरमुकाम मार्तडीबाट गौमुल गाउँपालिकाको केन्द्र घट्मुना जाने बाटो समेत अवरुद्ध हुदाँ स्थानीयलाई आवतजावत गर्ने समस्या भएको गाउँपालिका उपाध्यक्ष सीता थापाले बताएकी छन् । ‘सबै बाटाहरु अवरुद्ध भईसके, गाडी चल्ने अवस्था नै छैन्,‘ अब जिल्ला सदरमुकाम आउन १ दिनको पैदल यात्रामा हिड्नुपर्छ । ‘बाटो बनाउन गाउँपालिकाले प्रयास गरेपनि फेरि बर्षा नियमित भएका कारण नसकिएको उपाध्यक्ष थापाको भनाई छ । 

मार्तडी–कोल्टी सडक अवरुद्ध हुदाँ पूर्वी उत्तरी क्षेत्रका स्थानीयहरुले बढी समस्या भएको छ । सडकहरु विभिन्न ठाउँमा भत्किएपछि अप्ठ्यारो बाटोमा पैदल यात्रा गर्ने समेत निकै कठिन हुने गरेकोे बुढीनन्दा नगरपालिका कोल्टीका स्थानीय धर्मा कठायतले बताईएकी छन् ।

उनले,‘भनिन् बर्षाको कारण हिलाम्मे सडकमा स्थानीयहरु जोखिमपूर्ण यात्रा गर्ने बाध्य बनेका छन् । ‘बाटो बन्द हुदाँ सदरमुकाम मार्तडी आउन अब २ दिनको कठिनपूर्ण पैदल यात्रा गर्नुपर्ने बाध्यता भएको छ’ ।  
सडक समयमै निर्माण नहुँदा यहाँका स्थानीयहरुले वर्षायाममा पैदल यात्रा गर्न बाध्य भएका छन् । जथाभावी रुपमा खनिएका सडकहरुले जिल्लामा पहिरोको उच्च जोखिममा रहेको जिल्ला दैवी प्रकोप उद्धार समिति बाजुराको तथ्याङ्गकमा रहेको छ ।

जिल्लाका ९ वटै स्थानीय तहमा ट्रयाक मात्र खोलेको सडकहरु बर्षायाम सुरु हुने बित्तिकै बन्द हुने गरेका छन्  । ग्रामीण सडकहरुको अवस्था दयनीय हुदाँ जिल्लाका ९ वटै स्थानीय तहमा स्थानीय जोखिपूर्ण यात्रा गर्ने बाध्य भएका छन् । 

प्राविधिक रुपमा चेकजाँच नै नगरी काटिएका सडकहरुले पहिरो निम्त्याउने भएपछि जिल्लाबासी त्रसित बन्दै गएका छन् । सडकहरु बन्द भएपछि लामो तथा छोटो दुरीका सवारीका साधन बन्द भएका छन् ।



बिहिबार २५, असार २०७७ ०६:५१ मा प्रकाशित

प्रतिकृया दिनुहोस


Copyright © 2019 - najiknews.com.