बाजुरामा वडामा कार्यरत कर्मचारीबाटै बालिका बलत्कारको प्रयास

नजिक न्युज संवाददाता    

बाजुरामा वडामा कार्यरत कर्मचारीबाटै बालिका बलत्कारको प्रयास

बाजुरा : बाजुराको खप्तड छेडेदह गाउँपालिकामा वडामा कार्यरत कर्मचारीद्धारा १५ वर्षीया एक बालिकालाई बलत्कारको प्रयास भएको छ । 

गाउँपालिका वडा नं.३ बुडाबाव्लामा कार्यरत कर्मचारी नृप रावतले सोही वडाकी एक बालिकालाई बलल्कारको प्रयास गरेको गाउँपालिका स्तरिय बाल सञ्जालका अध्यक्ष मिन बहादुर खड्काले बताएका छन् । बालिका सुतिरहेकी बेला राती एक बजेको समयमा कोठामै गएर बलत्कारको प्रयास गरेको उनले बताए ।

बलत्कारको प्रयासपछि गाउँलेले जानकारी पाएपछि कर्मचारी रावतलाई नियन्त्रणमा लिई प्रहरीलाई बुझाएको बताए । घटनाको बारेमा बुझ्न प्रहरीको टोली घटना स्थल तर्फ गइ घटनाको थप अनुसन्धन भइरहेको प्रहरीले जनाएको छ 
 



बिहिबार २५, असार २०७७ १२:५८ मा प्रकाशित

प्रतिकृया दिनुहोस


Copyright © 2019 - najiknews.com.