‘उनी र म’ फिल्म गित सार्वजनिक (भिडियो सहित)

नजिक न्युज संवाददाता    

‘उनी र म’ फिल्म गित सार्वजनिक (भिडियो सहित)

बाजुरा : प्रेमकथानक फिल्म ‘मेरो दिल’ को गीत ‘उनी र म’ सार्वजनिक गरिएको छ । प्रेमपीडा भावको गितमा करणराज गिरीले स्वर दिएका छन् । बुढासुब्बा डिजिटलबाट सार्वजनीक भएको हो । प्रेमपीडा भावको गीतमा संगीत नारायण जलनको शब्द रहेको छ । 

रेखा शाह र नरेश योगीले कोरियोग्राफी गरेको भिडियोमा मोनिका दाहाल र शंकरराज पहाडी फिचर्ड छन् ।  नवीन पन्तले निर्देशन गरेको फिल्ममा मोनिका, शंकरराज, ओेसिन भट्टराई, हरि बस्नेत, डिकेलगायतले अभिनय गरेका छन् ।

विनोद सापकोटाले खिचेको फिल्मको निर्मातामा गीता शर्मा, सलिना लामा, हरि शर्मा र टेरिसा खड्का छन् । फिल्म कोरोना महामारीपछि दर्शकमाझ ल्याइने जानकारी निर्देशक पन्तले दिएका छन् ।



बुधबार २४, असार २०७७ ०५:५८ मा प्रकाशित

प्रतिकृया दिनुहोस


Copyright © 2019 - najiknews.com.