कञ्चनपुरको कृष्णपुर नगरपालिकाको २ नम्बर वडा सिल

नजिक न्युज संवाददाता    

कञ्चनपुरको कृष्णपुर नगरपालिकाको २ नम्बर वडा सिल

धनगढीः कञ्चनपुरको कृष्णपुर नगरपालिकाको वडा नम्बर २ सिल गरिएको छ। १६ जनामा कोरोना संक्रमण देखिएपछि आइतबारदेखि एक हप्ताका लागि वडा सिल गरिएको हो।

वडाध्यक्ष जयनारायण जोशीले थप संक्रमण फैलिन नदिन वडा सिल गरिएको जानकारी दिए। संक्रतिको सम्पर्कमा आएकाहरुको कोरोना परीक्षणका लागि नमूना संकलन गरिने उनले बताए।

संक्रमितहरुलाई वडाको  बालकल्याण आधारभूत विद्यालयमा स्थापना गरिएको आइसोलेसनमा राखिएको छ। 
 
 



सोमबार १५, असार २०७७ ०७:२७ मा प्रकाशित

प्रतिकृया दिनुहोस


Copyright © 2019 - najiknews.com.