इन्जुरी टाइमको गोलले आर्सनल सेमिफाइनलमा

नजिक न्युज संवाददाता    

इन्जुरी टाइमको गोलले आर्सनल सेमिफाइनलमा

काठमाडौं : सेफिल्ड युनाइटेडलाई पराजित गर्दै आर्सनल एफए कप फुटलको सेमिफाइनलमा प्रवेश गरेको छ । डानी सेबायोसले इन्जुरी टाइममा गोल गरेपछि लण्डन क्लब आर्सनलले सेफिल्डलाई २-१ ले पराजित गरेको हो ।

सेफिल्डको मैदानमा पेपेले २५ औं मिनेटमा गोल गरेपछि आर्सनलले अग्रता लिएको थियो । आर्सनल जिततर्फ अघि बढिरहेको बेला ८७ औं मिनेटमा सेफिल्डका लागि डेविड म्याकगोल्ड्रिकले बराबरी गोल फर्काए । निर्धारित समयमा खेल बराबरी भएको थियो । तर इन्जुरी टाइममा सेबायोसले गोल गरेपछि आर्सनलले अन्तिम चारमा स्थान पक्का गरेको हो ।



आइतबार १४, असार २०७७ ०९:४० मा प्रकाशित

प्रतिकृया दिनुहोस


Copyright © 2019 - najiknews.com.