सुनको मूल्य ९१ हजार नाघ्यो

नजिक न्युज संवाददाता    

सुनको मूल्य ९१ हजार नाघ्यो

काठमाडौं : नेपाली बजारमा आज सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । आज छापावाल सुनको मूल्यमा प्रति तोला ७ सय रुपैयाँ बढेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । योसँगै  नेपाली बजारमा आज छापावाल सुनको मूल्य ९१ हजार ३ सय पुगेको छ । यो अहिलेसम्म सुनको मूल्य सबैभन्दा महंगो हो। 

कोरोना भाइरस र लकडाउनका कारण सुनको मूल्य दैनिक रुपमा बढ्ने क्रम जारी नै छ । शुक्रबार सुन प्रतितोला ९० हजार ६ सयमा कारोबार भएको थियो। यस्तै तेजाबी सुनको मूल्य अब ९० हजार ८ सय ६० पुगेको छ । चाँदीको मूल्य भने स्थिर रहेको छ । शुक्रबार तोलाको ९ सय ४५ रुपैयाँमा कारोबार भएको थियो।  



आइतबार १४, असार २०७७ ०४:१३ मा प्रकाशित

प्रतिकृया दिनुहोस


Copyright © 2019 - najiknews.com.