खेलकुद विधेयक राष्ट्रपतिबाट प्रमाणीकरण

नजिक न्युज संवाददाता    

खेलकुद विधेयक राष्ट्रपतिबाट प्रमाणीकरण

काठमाडौं : खेलकूद विकाससम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक राष्ट‍्रपति विद्यादेवी भण्डारीले बिहीबार प्रमाणीकरण गरेकी छन् ।

संघीय संसद्को दुवै सदनको बैठकबाट पारित भई प्रमाणीकरणका लागि पेश भएको विधेयक नेपालको संविधानको धारा ११३ को उपधारा २ बमोजिम राष्ट्रपतिबाट प्रमाणीकरण भएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

खेलकूद विकाससम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकसंगै राष्ट्रपतिले शिक्षासम्बन्धी केही नेपाल ऐन संशोधन गर्न विधेयक एवं रेडियोधर्मी पदार्थको उपयोग तथा नियमन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पनि प्रमाणीकरण गरेकी छन् ।



बिहिबार ११, असार २०७७ ०९:४७ मा प्रकाशित

प्रतिकृया दिनुहोस


Copyright © 2019 - najiknews.com.