खप्तड छेडेदहमा ४७ करोड बजेट विनियोजन

नजिक न्युज संवाददाता    

खप्तड छेडेदहमा ४७ करोड बजेट विनियोजन

बाजुरा : खप्तड छेडेदह गाउँपालिकाले आगामी आर्थिक वर्ष ०७७÷०७८ को नीति तथा कार्यक्रमहरु कार्यान्वयन गर्ने गरी रु ४७ करोड ५९ लाख ९ सय २७ रुपैया विनियोजन गरेको छ । गाउँपालिकाको ७ औँ गाँउसभा बुधबार संचालनभएको थियो ।

बुधबार भएको बजेत तथा निती तथा कार्यक्रम सहित आगामी वर्षका लागि ४७ करोड ५९ लाख ९ सय २७ रुपैया विनियोजन गरेको गाउँपालिकाले जनाएको छ ।     

गाउँपालिकाको चालु तथ पुँजीगत खर्च गरी सो रमक विनियोजन गरिएको हो । यस वर्ष गाउँपलिकाले कृषि, स्वास्थ्य र रोजगारीलाई विशेष प्राथमकिता दिएको छ । सातौ गाउँसभा बाट एक वडा एक उत्पादन कार्यक्रमलाई अगाडी सारेको छ ।

जुन वडामा जे उत्पादन हुन्छ सोही वडालाई उत्पादित वस्तुको पकेट बनाउने कार्यक्रमलाई अगाडी सारेको गाउँपालिकाले बताएको छ । गाउँपालिकाले यसै आर्थिक वर्षमा गाउँपलिकाले एक वडामा एक नमुना विद्यालय कार्यक्रमलाई पनि प्राथमिकताका साथ अगाडी बढाएको छ ।

 

 



बुधबार १०, असार २०७७ १०:२५ मा प्रकाशित

प्रतिकृया दिनुहोस


Copyright © 2019 - najiknews.com.