हिमालीको गाउँ सभा सुरु

नजिक न्युज संवाददाता    

हिमालीको गाउँ सभा सुरु

बाजुरा : हिमाली गाउँपालिकाको गाउँ सभा सुरु गरिएको छ । “जडीवुटी जलस्रोत कृर्षि पर्यटन हिमालीको सान, स्वास्थ्य, शिक्षा र रोजगारी सृजना गर्ने हाम्रो अभियान”, भन्ने नाराका साथ सञ्चालन भएको छ ।

हिमाली गाउँपालिकाको केन्द्र धुलाचौरमा सुरु भएको गाउँ सभाको गाउँपालिकाका अध्यक्ष गोविन्द बहादुर मल्लले उद्धघाटन गरेका हुन् । आज नीति तथा कार्यक्रम र भोलि बजेट प्रस्तुत गरिने भएको गाउँपालिकाका अध्यक्ष गोविन्द्र मल्लले बताएका छन् । 

गाँउपालिकाले आगामी आर्थिक वर्ष २०७७÷७८को नीति कार्यक्रम तथा वजेट केहि बारेमा सार्जजनिक गर्ने भएको छ । गाउँ सभामा ६ वटा प्रतिवेदन पेश भएका छन । न्यायिक समिति संयोजक उपाध्यक्ष चन्द्रादेवि बुढा, विधेयक समिति संयोजक लालजित थापा, सामाजिक विकाश समिति संयोजक रमेश विक, पुर्वाधार विकाश समिति संयोजक अम्मलाल कार्की, सार्वजनिक सेवा तथा क्षमता विकाश समिति संयोजक सुरेन्द्र बहादुर मल्ल र राजश्व वाडफाँट तथा परामर्श र आर्थिक विकाश समिति संयोजक जयबहादुर अधिकारीले आआफ्नो प्रतिवेदन पेश गर्नुभएको गाउँपालिका स्रोतले जनाएको छ ।

गाउँपालिकाका उपाध्यक्ष चन्द्रदेवि वुढा, सम्पुर्ण वडाका वडाअध्यक्षहरु, कार्यपालिकाका सदश्यहरु, निमित्त प्रमुख प्रशासकिय अधिकृत जनक बहादुर शाही, विषयगत शाखाका शाखा प्रमुख लगायतको सहभागितामा उक्त गाउँ सभा सञ्चालन गरीएको हो ।



बुधबार १०, असार २०७७ १०:१० मा प्रकाशित

प्रतिकृया दिनुहोस


Copyright © 2019 - najiknews.com.