रुकुम जाजरकाेट घटनामा आधारित गित ( मायामा जातभात ) भिडियाे सहित

नजिक न्युज    

रुकुम जाजरकाेट घटनामा आधारित गित ( मायामा जातभात ) भिडियाे सहित

बाजुरा :  कर्णाली प्रदेशको रुकुम पुर्वमा भएको घटनालाइ समेटेर कलाकार तथा संचारकर्मी रराम दानीको मायामा जातभात गीत शनिबार सेती महाकाली युटुव च्यालन मार्फत सार्वजनिक गरिएको छ ।

गएको जेठ १० गते रुकुम जाजरकोटको सोती घटनामा माया प्रेम गरेकै कारण त्यहाँकी सुस्मा मल्लका आफन्तहरुले नवराज विक सहित ६ जनाको हत्या गरेको परिवेशलाई मेटेर गीत बनाइएको छ ।

रुकुम पुर्वको घटनामा आधारित शव्द संकलन गर्दै गीतहरु अहिले बजारमा दिन प्रतिदिन आउन थालेका छन् । घटनामा सलग्नहरुको खोजी गरी कारबाही गरिनु पर्छ र माया प्रेममा जातभात हुनु नै दुर्भाग्य भन्दै चेतनामुलक गीतहरु पनि बजारमा आइरहेका छन्

बाजुरामा लामो समय देखि पत्रकारिता पेशामा लागेका कलाकार रामबहादुर दानीको शब्द तथा लयमा शनिबार सेती महाकाली म्युजिक प्रा.लि.द्धारा १० जना बढी कलाकारहरुको स्वरमा रहेको मायामा जाताभात बोलको गीत

सार्जजनिक गरेको गायक राम दानीले बताएका छन् । दलित र गैर दलिदत बीचको भेदभावलाइ समेटेर रुकुम जाजरकोट घटना सम्वन्धि जनचेतनामुलक गीत बजारमा ल्याएको गायक तथा पत्रकार दानीले बताए ।
रामबहादुर दानीको शव्द सँगित र रिता शाहीको शव्दमा शोभा थापा, रामबहादुर दानी, निरुता खत्री, रमित विसी, धर्म सुनार, प्रकाश थापा, शर्मिला विसी, नेत्र परियार, विशाल विसी र मन्दिरा विसीको स्वर रहेको छ ।

गीतलाइ सेती महाकाली म्युजिक प्रालिले उत्पादन गरेको छ, भने गीत सोही म्युजिक प्रालिको युट्युव च्यानल मार्फत सार्वजनिक भएको छ । गीतलाइ विशेष डिजिटल रेकर्ड गरिएको हो । गीतको एरेन्ज विजय थापामगरले गरेका छन् । गीतलाइ सम्पादन रामबहादुर दानीले गरेका छन् ।

यतिबेला सिँगो दलित समुदाय नै पीडामा रहेको छ । रुकुममा जातीयताकै कारण नवराज विक सहित ६ जनाको हत्या भएपछि यति वेला देश नै रुकुम घटना तर्फ केन्द्रित बनेको छ । जातीयताकै कारण ज्यान गुमाउनुले सिँगो मुलुकका जनताहरु अहिले सडकमा नवराज विक सहित ६ जनाको घटनामा सलग्नहरुको खोज अनुसन्धान गरि हदैसम्मको कार्वाही गर्न माग गरिरहेको छ । 

रुकुम जाजरकाेट घटनामा आधारित गित ( मायामा जातभात ) हेर्नुहाेस पुरा भिडियाे 



सोमबार ०८, असार २०७७ ०४:०० मा प्रकाशित

प्रतिकृया दिनुहोस


Copyright © 2019 - najiknews.com.