कथा : भगवान

नजिक न्युज संवाददाता    

कथा : भगवान

 अमित संग्रौला

पोखरामा बस्ने सीता अमेरिकामा बस्ने विदेशी नागरिकसँग प्रेम विवाह गरेर गई । अमेरिकाको सपना देखेर सीताका बाआमाले पनि स्वीकारे । सीता पोखरामा पथप्रदर्शक थिई । उनीहरुको प्रेम भएपछि विवाह भएको थियो । सीता अमेरिकामै रमाउन थाली ।

महङ्गोमहङ्गो गाडी चढ्न पाई । विदेशी रहनसहनमा घुलमिल भई । कपाल छोटो पारी । कपाल रंगीचंगी बनाएर हिँड्न थाली । अमेरिकामा बस्न थालेपछि पैसा पनि कमाउन थाली । समय बित्दै गयो । विवाह गरेको ७ वर्ष पुग्दा पनि सन्तान नभएपछि उनीहरु चिन्तित हुन पुगे ।

नेपालमा भएको एक मन्दिरमा पूजापाठ गर्दा सन्तान हुन्छ भनेको सुनेपछि दुवै जना नेपाल आए । बेलुका मन्दिर छेउको होटलमा बास बसे । सीताको बाल्यकालदेखिको साथी प्रकाशले होटल चलाएको रहेछ । दिनभरि हिँडेर थाकेर आएकाले सीताको लोग्ने बेलैमा सुत्यो ।

सीता भने बालसखा प्रकाशसँग गफ गर्न थाली । ‘विवाह किन नगरेको नि ?’ ‘१२ कक्षा पास गर्न नसकेपछि म विदेश गएँ । उता पनि सोचेजस्तो भएन । अनि म फर्किएँ स्वदेश । अलिअलि कमाएको पैसाले यहाँ व्यवसाय गरेको । व्यवसायमा लागेपछि बिहेतिर ध्यानै गएन ।

तिमी त बिहे गरेर अमेरिका गएछौ । केटाकेटी कति भए नि ?’ सीता केही बोलिन । रात छिप्पिँदै थियो । प्रकाशले कुरा कोट्यायो, ‘तिमी झन् राम्री भइछ्यौ नि ।’ दुवै जना मस्कीमस्की कुरा गर्न थाले । प्रकाशले कफी लिएर आयो । ‘म सानोमा तिमीलाई मन पराउँथे नि ।

तर तिमीलाई भन्न सकिनँ ।’ ‘म पनि तिमीलाई राम्रो लाग्थ्यो नि ।’ सीताले सहमति जनाई । बिस्तारै दुवैमा कामवासना जागृत भयो । प्रकाशले हात समाएर कुरा गर्याे । पुसको चिसो महिनामा प्रकाशको तातो हातको स्पर्शपछि सीता रोमाञ्चित भई ।

बिस्तारै बिस्तारै आलिङ्गन र चुम्बनमा दुवै मग्न भए । त्यसपछि सीताले आफ्नो लोग्ने साथमै छ भन्ने नै बिर्सिई । प्रकाशसँग ज्यादै खुशी भई त्यो रात ऊ । बिहान सबरै उठेर सीताका दम्पत्ति बाटो लागे । वर्ष दिन नहुँदै सीताले छोरो पाई ।

सीता र उसको लोग्ने पनि खुसी भए । छोरो ५ वर्ष पुग्यो । अमेरिकाको एक पार्कमा खेलिरहेको थियो । सीताको लोग्नेले भन्यो, ‘लुक एट द आओर सन् । ड्याट इज गड गिफ्ड ।’ सीता हेरिरहेकी थिई प्रकाशको प्रतिबिम्ब ।

 



बुधबार ०३, असार २०७७ ०८:१६ मा प्रकाशित

प्रतिकृया दिनुहोस


Copyright © 2019 - najiknews.com.